site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनशनको समीक्षा र समाधान  

अनशन (सत्याग्रह) सफल हुन माग पूरा गर्न सकिने र स्पष्ट हुनुपर्छ । जति नै महान् भए पनि विश्व शान्तिको माग गरेर अनशन थालियो भने पूरा हुन सक्तैन । डा.गोविन्द केसीका माग भने पूरै हुन नसक्ने प्रकारका छैनन् । एकदुईवटा बाहेक उनका माग सामान्य छन् र तिनलाई पूरा गर्न सरकारलाई त्यति ठूलो समस्या हुँदैन । चिकित्सा शिक्षामा व्यापक सुधार गर्नुपर्ने मान्यताका साथ डा. गोविन्द केसीले अनशन थालेको पाँच वर्ष भयो । पछिल्लो अनशन चौधौं थियो । उनका धेरैजसो माग राम्रा र व्यावहारिक छन् भने केही माग राम्रा तर अव्यावहारिक देखिन्छन् । 

सरकारले चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशबाट जारी गरेको छ । अब बस्ने संसद्ले त्यस अध्यादेश पारित गरेमात्र चिकित्सा शिक्षा विधेयक ऐनका रूपमा रहन्छ । धेरै विषय समेटिएको उक्त विधेयकमा काठमाडौं उपत्यकाभित्र आगामी दस वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने प्रावधान पनि छ । डा. केसीको माग माथेमा प्रतिवेदनको सिफारिसअनुरूप राखिएको त्यस बुँदालाई कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले विरोध गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलारूपमै केही मेडिकल कलेजलाई आफ्नो सरकार बनेपछि तुरुन्त सम्बन्धन दिने घोषणै गरिसकेका छन् । उक्त मेडिकल कलेजहरू र ती नेताका भनाइअनुसार शिक्षा मन्त्रालयबाट आशयपत्र पाएको  पूर्वाधार पूरा गरेकाले तिनको सम्बन्धन रोकिनु हुँदैन । अर्कोतर्फ राजधानीमा धेरै मेडिकल कलेज र अस्पताल केन्द्रित भए । त्यसले गर्दा राजधानी बाहिरका जनताले स्वास्थ्य सेवा पाउन सकेनन् भनेर डा. केसीले मेडिकल कलेजलाई विकेन्द्रीकरण गर्नुपर्छ र अब राजधानीमा मेडिकल कलेज खोल्न दिनुहुँदैन भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै पक्षका भनाइ र तर्क सही नै लाग्छन् । अब यी दुवै पक्षको मिलन बिन्दु कहाँ गएर होला ? जसरी पनि सम्बन्धन दिलाउने र कुनै हालतमा दिन हुँदैन भन्ने विवाद चर्किदै गएपछि आरोप प्रत्यारोप सुरु हुन्छ । यो आरोप र प्रत्यारोप कहिलेसम्म ?

डा. केसीको निष्ठा, त्याग, तपस्या र समर्पणको जतिसराहना गरे पनि कम हुन्छ । तर, किन अनशनका शृङ्खला पाँच वर्षसम्म चलिरह्यो ? एकपटक हैन, दुईपटक हैन, किन चौधपटक तन्किरह्यो ? किन सम्झौता कार्यन्वयन हुँदैनन् ? यी प्रश्नलाई अब राम्रोसँग केलाउनै पर्छ । अनशन र यससँग जोडिएका विषयको समीक्षा हुनुपर्छ । अनशनबाट केही पनि उपलब्धि नभएको पनि होइनन् । योग्यताको आधारमा पीजी भर्ना, वरिष्ठताको आधारमा डिन र चिकित्सा शिक्षा ऐनजस्ता उपलब्धि हासिल भएका छन् । 

Global Ime bank

कुनै पनि एजेन्डा र अभियानमा तीन पक्ष देखापर्छन् – समर्थक, आलोचनात्मक समर्थक र विरोधी । ‘आलोचनात्मक समर्थन’ र ‘विरोध’ फरक कुरा हुन् । आलोचनात्मक समर्थनले गति दिन्छ भने विरोधले रोक्न खोज्छ । समर्थकहरू आँखा चिम्लेर समर्थन गर्छन्, त्यस्तै विरोधी पनि आँखा चिम्लेर विरोध गर्छन् । आलोचनात्मक समर्थकले आँखा खोलेर समर्थन गर्छ, गलत पक्षलाई समयमै केलाउँछ र त्यसलाई समाधान गरी अगाडि बढ्न सल्लाह दिन्छ ।

पाँच वर्षको अन्तरालमा गरिएका डा. केसीका चौधवटा अनशनबाट किन सीमित सफलतामात्र प्राप्त भयो ? किनभने अन्धसमर्थक र अन्धविरोधीको भिड लाग्यो । अनशनको बलबाट प्राप्त चिकित्सा शिक्षा ऐनमा राम्रा तर अव्यावहारिक प्रावधान पनि छन् । अव्यावहारिक पक्षलाई अन्धसमर्थकले कोट्याउने सामर्थ राख्दैनन् । त्यस्तैगरी व्यावहारिक र राम्रो विषयलाई पनि अन्धविरोधीले आँखा चिम्लेर विरोध गर्छन् । 

अनशन पाँच वर्षसम्म किन लम्मियो ? यसको समीक्षा आवश्यक छ । के धेरैले भनेजस्तो राज्यमात्र जिम्मेवार छ ? कतै डा. केसी आफैँ पनि जिम्मेवार त छैनन् ! अब बृहत् छलफल गर्नु आवश्यक छ । जति समर्थन त्यति नै विरोध हुँदा अनशनले चाहेको गति र उपलब्धिी पाउन सकेन । भौतिकशास्त्रको एउटा नियम छ : कुनै वस्तुलाई दुईतिरबाट बराबरको शक्तिले तान्दा त्यो वस्तु तबसम्म स्थिर रहन्छ जबसम्म अर्को शक्ति कुनैसँग जोडिन आउँदैन । हो, त्यही शक्ति आलोचना र समर्थन दुवै गर्नेहरूसँग हुन्छ । यो शक्तिको ठूलो खाँचो देखिएको छ र यो शक्ति पहिलेभन्दा पछिल्लोपटक बढ्दै गएको संकेत देखिएको छ । यस्तो शक्तिलाई नेपाल मेडिकल एसोसियसनले नेतृत्व दिन सक्छ । 

अब डा. केसीका मागलाई एउटा ठोस गन्तव्यमा पु¥याउन नेपाल मेडिकल एसोसियसनले डा. केसी, उनका समर्थक, दलका प्रतिनिधि र सरकारी पक्षबीच मध्यस्थता गर्नु जरुरी छ । डा. केसी र समर्थक, सरकार, राजनीतिक पार्टीका प्रतिनिधि र नेपाल मेडिकल एसोसियसन बसेर व्यावहारिक र राम्रा मागलाई तुरुन्त सम्बोधन गराउनुपर्छ भने राम्रा तर अव्यावहारिक मागलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भनेर थप छलफल गर्नुपर्छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC