site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्युतीय मुद्रा र सुरक्षा चुनौती

केही दिनअघि नेपाली कांग्रेसका सांसद धनराज गुरुङले व्यवस्थापकीय संसद्मा दुई वर्षभित्र नेपालमा अहिले प्रचलनमा रहेको नोटलाई विद्धुतीय मुद्राले विस्थापन गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन् । यस प्रस्तावमा उनले विद्धुतीय मुद्राको प्रचलनले नेपालमा रहेको सबै प्रकारका आर्थिक भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने र व्यक्तिको आम्दानी र खर्च पारदर्शी भई लोककल्याणकारी राज्य स्थापना हुने तर्क अगाडि सारेका छन् । यो त्यति सजिलो काम पक्कै होइन । यसका लागि जटिल तर सुरक्षित भौतिक र सूचना प्रविधिको पूर्वाधारको आवश्यक हुन्छ । जनसंख्याको लगभग आधा हिस्साले मात्र इन्टरनेट चलाउने र करिब २२ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीमा रहेका अति कम विकसित भनेर सूचीकृत नेपालमा अबको दुई वर्षभित्रमै नोटलाई विद्धुतीय मुद्राले पूर्णरूपमा विस्थापन गर्न सकिएला ? बहसको विषय बन्न सक्छ । तर, कति भन्न सकिन्छ भने नेपालमा अहिले विद्धुतीय भुक्तानीका माध्यमको लोकप्रियता र प्रयोग बढ्दो छ ।

नेपाल टेलिकम, विद्धुत प्राधिकरण र अन्य धेरै सार्वजनिक र नीजि कार्यालयले आफूले प्रदान गर्ने सेवाको शुल्क विद्धुतीय माध्यमबाट भुक्तानी लिने प्रबन्ध गरेका छन् र त्यसको प्रयोग पनि भइरहेको छ । केही समय पहिले साझा बसको भाडा स्मार्ट कार्डको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था लागु गरिएको छ । नेपालका सहरी क्षेत्रमा रहेका धेरैजसो होटेल, रेस्टुराँ, सपिङ् मल र अन्य व्यापारिक प्रतिष्ठानले भुक्तानीका लागि डेबिट, क्रेडिट वा स्मार्ट कार्ड र अन्य विद्धुतीय माध्यमलार्ई स्वीकार गर्छन् । नेपाल विद्धुतीय मुद्रा अवलम्बनको दिशामा अगाडि बढेको संकेत गर्ने यी केही उदाहरण हुन् । 

अहिले धेरै नेपालीसँग बैंकले उपलब्ध गराउने एटीएम कार्ड छ । धेरैले अन्य प्रायोजनको लागि यो कार्डको प्रयोग नगर्लान् तर बैंकबाट नगद झिक्नको लागि त गर्छन् नै ।  विद्धुतीय मुद्राकै रुपमा लिन सकिने यी माध्यम जति सहज र सरल लाग्छन् सुरक्षाका दृष्टिले उति नै चुनौतीपूर्ण पनि छन् । केही महिना अगाडि नेपालका एटीएमबाट पैसा चोरी गर्न विदेशी नागरिकसमेत सक्रिय रहने गरेको घटना सार्वजनिक भएको थियो । नगद हराउँदा वा चोरी हुँदा नगदमै मात्र सीमित हुन्छ तर विद्धुतीय माध्यममा रकमका साथै महत्त्वपूर्ण व्यक्तिगत सूचनासमेत हराउन वा चोरी हुनसक्ने जोखिम रहन्छ । तसर्थ, विद्धुतीय मुद्राको प्रयोग गर्दा सुरक्षा सतर्कता सबैभन्दा पहिले र सधैँ अपनाउनु पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तल नेपालमा बढी प्रयोग हुने विद्धुतीय मुद्राका केही सुरक्षा चुनौती र त्यसबाट बच्ने उपायको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
डेबिट वा क्रेडिट वा एटीएम कार्डको अनधिकृत प्रयोग -
कुनै असम्बन्धित व्यक्तिले कसैको डेबिट वा क्रेडिट वा एटीएम कार्डको विवरण र सुरक्षा पिन थाहा पाएमा त्यस कार्डको अनधिकृत प्रयोग हुनसक्छ । वस्तु वा सेवा खरिद गर्न वा बैंक खातामा रहेको नगद निकाल्न त्यस्तो अनधिकृत प्रयोग हुने जोखिम रहन्छ । यो जोखिमबाट बच्न केही उपाय अपनाउन सकिन्छ ।

• यस्ता कार्डको प्रयोग गर्न अनिवार्य आवश्यक हुने पिन कोड अति गोप्य र सुरक्षित तरिकाले राख्ने । सकेसम्म यो कोड कतै नलेखी र मोबाइल फोन वा अन्य उपकरणमा सुरक्षित पनि नगरी आफैँले सम्झनु राम्रो हुन्छ । बेलाबेलामा यस्तो पिन परिवर्तन गरिराख्ने र कतै भुक्तानी गर्दा वा एटीएममा पिन उल्लेख गर्दा अन्य व्यक्तिले थाहा नपाउने गरी गर्नुपर्छ ।

Global Ime bank

• सबैजसो बैंकले रकम निकालेको वा राखेको जानकारी मोबाइलमा म्यासेजमार्फत दिन्छन् । यस्तो सुविधा लिँदा आफ्नो कार्डको अनधिकृत प्रयोग भएको छ भने तुरुन्तै थाहा पाई उचित कदम चाल्न सकिन्छ ।

• सकेसम्म जुन बैंकले जारी गरेको कार्ड हो सोही बैंकको मेसिन प्रयोग गर्ने ।

• आफ्नो कार्ड अरू कसैलाई पनि प्रयोग गर्न नदिने ।

• भविष्यका कारोबार छिटो र सरल हुन्छन् भनेर कार्डको विवरण अन्यत्र लेखेर नराख्ने । 

इन्टरनेट बैंकिङका सुरक्षा चुनौतीः

बैंकहरूले आफ्ना सेवा प्रवाहलाई अधिकतम सुरक्षित गराउने प्रयास निरन्तररूपमा गर्छन् । तैपनि अनेक खाले स्पाइवेयर, भाइरस, ट्रोजन आदिले अनलाइन बैंकिङलाई सधैँ असुरक्षित बनाइरहन्छन् । स्पाइवेयरका माध्यमबाट ह्याकरले प्रयोगकर्ताको महत्त्वपूर्ण सूचना लिएर विभिन्न कम्पनीलाई दिन सक्छन् । त्यस्तै इमेलमार्फत् विभिन्न प्रकारका भाइरस आई तथ्याङ्क तोडमोड गरिदिन सक्छन् । अनलाइन बैंकिङका सुरक्षा जोखिमलाई कम गर्न पनि केही उपाय अपनाउन सकिन्छ ।

• बैंकका आधिकारिक वेबसाइट मात्रै खोल्ने । 

• शंकास्पद इमेल नखोल्ने र नाम, जन्म मिति, पासवर्डजस्ता आफ्ना व्यक्तिगत विवरण सार्वजनिक नगर्ने ।

• अति बलियो पासवर्डको प्रयोग गर्ने र यस्लाई सुरक्षित राख्ने । बेला बेलामा पासवर्ड परिवर्तन गरिरहने र सकेसम्म लेखेर नराख्ने ।

• कार्यालय वा अन्य स्थानमा अरू व्यक्तिले पनि चलाउने वा साइवर क्याफेका कम्प्युटरबाट बैंकको वेबसाइट नखोल्ने ।

• आफूले प्रयोग गर्ने कम्प्यूटरमा राम्रो एन्टिभाइरसको प्रयोग गर्ने ।

• अनावश्यक विज्ञापन र इमेल नखोल्ने ।

मोबाइल बैंकिङ र विद्धुतीय वालेटका सुरक्षा चुनौतीः 
बैंक वा अन्य कम्पनीले उपलब्ध गराउने विद्धुतीय वालेटका मोवाइल एप्लिकेसनको माध्यमबाट आर्थिक कारोबार गर्ने चलन पनि नेपालमा बढ्दो छ । यस्ता एप्लिकेसन मोबाइल फोनमा इन्स्टल गर्दा फोनमा भएका विवरणमा पहुँच पाउँछन् । यसले मोबाइल फोन जुनसुकै बेला ह्याक हुनसक्ने खतरा रहिरहन्छ । तसर्थ, मोबाइल फोनका एप्लिकेसनको माध्यमबाट आर्थिक क्रियाकलाप गर्दा पनि निकै होसियारी अपनाउनुपर्छ ।

• एप्लिकेसन इन्स्टल गर्दा कस्ता कस्ता विवरणमा पहुँच मागेको छ विचार गर्ने ।

• युजरनेम र पासवर्ड सकेसम्म कतै पनि लेखेर नराख्ने ।

• काम सकिएपछि अनिवार्य लगआउट गर्ने ।

• अनावश्यक रूपमा देखापर्ने पप अप  नखोल्ने ।

• इमेल, वालेट र अन्य एप्लिकेसनको लागि एउटै पासवर्ड नराख्ने ।

• आर्थिक कारोबार गर्दा दुई तीन पटक हेरेर कन्फर्म गरेरमात्र गर्ने ।

• मोबाइल फोनमा राम्रो खालको एन्टिभाइरस राख्ने । 

Twitter : @ navin_kiran

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC