site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उदयपुरमा पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

उदयपुर । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् ।

त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राईकाअनुसार दिनको १ः४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् । घटना लगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराकाअनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताए । भोलि बिहान उज्यालो हुने साथ बेपत्ता बालिकाको थप खोजीकार्य जारी राख्ने पनि प्रहरीले बताएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय