site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीमतीलाई 'तर्साउन' गोली चलाएपछि...
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा गोली प्रहार गरेर तर्साउने एक युवक पक्राउ परेको छ । मंगलबार प्रहरीले पेस्तोलसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारीलाई पक्राउ परेको हो ।

उनले सोमबार राति श्रीमतीसँग विवाद हुँदा गोली प्रहार गरेका थिए । गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले उनको घरको भान्छा कोठामा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अटो पिस्टन यूएसए लेखिएको पेस्तोलमा गोली एक राउन्ड र म्याग्जिन बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनकाअनुसार श्रीमान–श्रीमतीबीच घरायसी विवाद हुँदा घरको छतमा गएर तर्साउनका लागि गोली चलाएको मनिषले प्रहरीसमक्ष बयान दिएका छन् ।

मनिष अहिले धनुषा प्रहरीको हिरासतमा छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय