site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी हुन् ललितपुर महानगरले ‘वान वे’ र सवारी निषेध गरेका क्षेत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी चाप कम गर्न ललितपुरका विभिन्न क्षेत्रमा ‘वान वे’ र सवारी आवागमन निषेध गरेको छ ।

ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा सहजीकरण गर्न वान वे र सवारी निषेधित क्षेत्र सञ्चालन गरिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए । महानगरले विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण तथा महानगरको ट्राफिक व्यवस्थापनका लागि दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गर्न लागिएको महानगरले जनाएको छ । यस्तै, महापालबाट ईखालखुतर्फ सवारीसाधन आवागमन निषेध गरिएको छ ।

पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ, लगनखेल इटीटोलबाट मंगलबजारतर्फ र प्रयागपोखरीबाट इटीचोकतर्फ चारपांग्रे सवारीसाधन एकतर्फी (वान वे) गरिएको छ ।

Global Ime bank

ट्राफिक व्यवस्थापन सहज बनाउन, अनधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनलाई व्यवस्थित गर्न तथा आवश्यक कारबाही गर्न नगर प्रहरी परिचालन गरिएको महर्जनले बताए ।

महानगरले पाटनढोका बसपार्कलाई बस स्टपमा परिणत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement