site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललितपुर महानगरको नगर कार्यपालिकाले पायो पूर्णता
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको छ । नगर कार्यपालिका निर्वाचनबाट ८ सदस्य चुनिएसँगै कार्यपालिकाले पूर्णता पाएको हो ।

जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा सोमबार निर्वाचन भएको थियो ।

मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीकाअनुसार नेपाली कांग्रेसबाट निर्वाचित हुने कार्यपालिका सदस्यमा वडा नं. ६ का उमा श्रेष्ठ (बज्राचार्य), वडा नं. ९ का सानु महर्जन (अवाले), वडा नं. १० का लक्ष्मी शर्मा (दाहाल) र वडा नं. १६ का बबिता श्रेष्ठ छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (माओवादी केन्द्र)बाट कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जन निर्वाचित भएकी छन् । दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट विकासकुमार रोक्का, माओवादी केन्द्रबाट रामशरण सार्की पहेली र एकीकृत समाजवादीबाट सानुकाजी तोलाङे रहेका छन् । कुल मतदाता १३७ जना जनप्रतिनिधिहरू रहेकोमा निर्वाचित हुन कम्तीमा ६९ मत ल्याउनुपर्ने थियो ।

नेकपा (एमाले)बाट दलित तथा अल्पसंख्यकमा कृष्णकुमार नेपाली, नातीबाबु सूचिकार र मेनका च्यामेले उम्मेदवारी दिएकी थिइन् भने महिलामा आपुलु शाक्य, रुकमणी महर्जन, संगीता अछामी, सुकुमाया लामा र सुलोचना महर्जनले उम्मेदवारी दिएका थिए ।

Global Ime bank

गत वैशाख ३० गते शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर र ११ वडाअध्यक्षसहित ५६ जना, एमालेबाट उपमेयर र ११ वडाअध्यक्ष सहित ५६, माओवादी केन्द्रबाट ३ वडाअध्यक्षसहित ९, स्वतन्त्रबाट २ वडाअध्यक्ष र राप्रपाबाट २ जना सदस्य निर्वाचित भएका थिए ।

स्वतन्त्रबाट निर्वाचित २ जना वडाअध्यक्षसहित तीनवटै दलबाट निर्वाचित जनप्रतिनिधिले गठबन्धनको मर्मअनुरूप मतदान गरेका थिए ।

संविधानमा व्यवस्था भए अनुसार नगरको कार्यकारिणी अधिकार कार्यपालिकामा निहित रहेको छ । नगरपालिकाको कार्यपालिका बैठकमा अब कांग्रेसबाट १७, एमालेबाट १२, माओवादी केन्द्रबाट ५, एकीकृत समाजवादीबाट ३ र स्वतन्त्रबाट २ जना हुनेछन् ।

नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षहरू स्वतः कार्यपालिकाको सदस्य रहनेमा आठ जना निर्वाचनबाट आउनुपर्ने प्रावधान छ । संविधानतः निर्वाचित जनप्रतिनिधिद्वारा नगर कार्यपालिका सदस्यमा महिला पाँच जना र दलित र अल्पसंख्यकबाट तीनजना निर्वाचनबाट चुन्नुपर्ने व्यवस्था रहेको छ । स्थानीय तह निर्वाचनको मत परिणाम आएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गराउनुपर्ने व्यवस्था छ । 

महानगरको निर्वाचनको अन्तिम मतपरिणाम जेठ ११ गते बुधबार घोषणा गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement