site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उच्च रक्तचापले निम्त्याउँछ घातक समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । उच्च रक्तचाप मुटु तथा मिर्गौला रोगसम्बन्धी समस्याको प्रमुख कारक तत्व हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वमा एक अर्बभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या छ । नेपालमा कुल जनसंख्याको २६ प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी मेडिकल एसोसिएसनका अनुसार सामान्य व्यक्तिको रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । १३०/८० वा सोभन्दा बढी रक्तचापलाई उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचापले मुटुको मांसपेशीलाई बाक्लो बनाई धमनीहरूलाई साँघुरो बनाउँदै लैजान्छ । नियमित गतिमा रक्तसञ्चारमा असर पार्छ । त्यसले मुटुसम्बन्धी विभिन्न समस्या देखापर्छन् ।

खानपान तथा जीवनशैली परिवर्तन नै उच्च रक्तचाप नियन्त्रणको मुख्य उपाय भएको चिकित्सकहरू बताउँछन् । धूमपान र मदिरा सेवन नगर्नु, हरिया सागसब्जी तथा फलफूल धेरैले खानु, खानामा नुनको प्रयोग कम गर्नु, रातो र धेरै बोसोयुक्त मासु कम खानु, नियमित व्यायाम तथा योग गर्नु उच्च रक्तचाप रोकथामका उपायहरू हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement