site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेलको आरोप– केपी ओली देश अस्थिरतातर्फ लैजाने नायक बने
Sarbottam CementSarbottam Cement

बुटवल  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमित्त नायक बनाइएको टिप्पणी गरेका छन् । उनले विदेश शक्तिले ओलीलाई निमित्त बनाएको आरोप लगाएका हुन् ।

नेता पौडेलले तत्कालीन राजा महेन्द्र, ज्ञानेन्द्रपछि ओलीले संसद् विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको बताए । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने ,“केपी ओली र उहाँका अनुयायीहरू संसद् चल्न नदिनेहरूलाई स्थानीय तहमा मात्रै होइन, संसदमा पनि जान नदिएर सजाय दिनुपर्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले बाहिर चुच्चे नक्सा देखाउने तर भित्र–भित्र ‘रअ’ सँग भेटेर देशलाई धोका दिएको पौडेलको आरोप छ । उनले राजा महेन्द्रले पनि राष्ट्रवादका नाममा ठग्ने काम गरेको बताए । उनले भने, “अब देशलाई ठगिनबाट जोगाउनुपर्छ ।” 

उनले जनता ठग्नेहरूलाई जनताले रोज्न नहुनेमा जोड दिए । उनले दलित, महिला पिछडिएको क्षेत्रको अधिकार रक्षाका लागि गठबन्धनका उमेदवारले जित्नुपर्ने बताए ।
 
उनले राजनीतिक अस्थिरताका कारण मुलुकको संविधान नै संकटमा पार्ने काम भइरहेको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय