site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मध्यरातको बैठकमा शेरबहादुर र शेखरबीच चर्काचर्की 
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ । हिजो राति बालुवाटारमा बसेको कांग्रेस शिर्ष नेताहरूको बैठकमा विराटनगर महानगरपालिकाको मेयरका विषयमा कुरा नमिल्दा चर्काचर्की भएको हो । सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच चर्काचर्की भएको हो । 

बैठक राति साढे ११ सम्म चलेको थियो । तर, उमेदवार छनोटमा सहमति हुन सकेन । 

“विराटनगरको राजनीति तपाईंहरू बुझ्नुहुन्न,” अमृत अर्याललाई मेयर बनाउनु पर्छ भनेपछि शेखर कोइरालाले भने, “२०५४ सालमा मेयर लडेर हारेको मान्छेलाइ टिकट दिने अहिले ? सांसद , मन्त्री, मुख्यमन्त्री बनाउनुहोस् अलग कुरा भयो। उहाँलाई मेयरमा झार्ने काम नगर्नुहोस् । विराटनगरको निर्णय गर्दा तपाईंले महेश आचार्य र मिनेन्द्र रिजाललाई सोध्नु भयो ?”

जवाफमा देउवाले अमृत अर्याललाई मेयर बनाउने बताएका थिए ।  
फेरि शेखरले आफ्नो अडान दोहोर्याउँदै विराटनगर टुंगो नलगाई अघि नबढ्ने बताएका थिए । 

बैठकमा नेता कृष्ण सिटौलाले भने भीम पराजुलीलाई मेयर बनाउनुपर्ने अडान राखेका थिए । भीमलार्इ टिकट दिए जित्ने सिटौलाको दाबी थियो । 

जवाफमा फेरि शेखरले एउटै मान्छेलाई पटक–पटक अवसर दिँदा पार्टीमा न्याय र व्यवस्थापन कसरी हुन्छ ? भन्दै चर्किएका थिए । 

शेखरको कुरामा नेता विमलेन्द्र निधि र शशांक कोइरालाले भने समर्थन गरेका थिए । 

शेखर विराटनगरमा नागेश कोइरालालाई टिकट दिनुपर्ने अडानमा छन् । 

शिर्ष नेताहरूको अहिले बैठक सुरू भएको छ । आजै ११ बजेबाट कार्यसम्पादन समितिको बैठक बस्दै छ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro