site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मुलुकको अर्थतन्त्र संकटमा छैन : उद्योग परिसंघ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र संकटमा नरहेको तर्क गरेको छ । संयमित भएर अगाडि बढ्नुपर्नेमा भने जोड दिइएको छ ।

देशको विद्यमान आर्थिक अवस्थाबारे परिसंघको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिसंघले नियमनकारी निकायबाट जारी निर्देशनपश्चात् बजारमा असहज र अत्यासलाग्दो वातावरण सिर्जना भएको आरोप लगायो ।

Prabhu Bank
Agni Group
NIC Asia

परिसंघका अध्यक्ष विष्णु अग्रवालले अर्थतन्त्रमा कुनै समस्या नै छैन भन्ने नभएको तर ‘प्यानिक’ हुनुपर्ने अवस्था नदेखिएको बताए । मुलुकको अर्थतन्त्र श्रीलंकाको अर्थतन्त्रको अवस्थासँग तुलना गर्न नै नसकिने भन्दै परिसंघले असहज र अत्यासलाग्दो वातावरण सिर्जना हुने गरी तुलना गर्न नहुनेमा जोड दिएको छ ।

नियमनकारी निकायबाट विदेशी विनिमय सञ्चिति जोगाउन एकपछि अर्को निर्देशन जारी हुन थालेकोले बजारमा असहज र अत्यासलाग्दो वातावरण सिर्जना भएको आरोप परिसंघको छ ।

Global Ime bank

परिसंघले वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको वृद्धिले आउँदा दिनमा विप्रेषण बढ्ने, पर्यटक आगमन उच्च दरले बढ्दै गएकाले पर्यटन आय बढ्ने, कोभिड–१९ पछि उच्च दरले बढेको आयात अब स्थिर हुने संकेत देखिएको जनाएको छ ।

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले विदेशी मुद्रा आर्जनका लागि गैरनेपालीलाई निश्चित स्थानमा अपार्टमेन्ट खरिदको अनुमति दिनुपर्ने, गैरआवासीय नेपालीलाई नेपालमा पैसा राख्न प्रोत्साहन गर्नुपर्ने बताए ।

यस्तै, गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा सेयर खरिद गर्न आईपीओको कुल रकमको १५ प्रतिशत कोटा सुनिश्चित गर्नुपर्नेलगायत सुझाव अर्थ मन्त्रालय, योजना आयोग, नेपाल राष्ट्र बैंकलाई दिइएको बताए ।

परिसंघले कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान नभएको जनाएको छ । आयात व्यवस्थित गर्नेतर्फ ध्यान दिन सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement