site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चको आदेशविपरीत काष्ठमण्डप लोकार्पण गर्न लागेको भन्दै अवहेलना मुद्दा दर्ता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वसन्तपुरस्थित काष्ठमण्डपमा मूर्तिको विवादलाई लिएर सर्वोच्च अदातलमा मुद्दा परेको छ ।

पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राख्न सर्वोच्चले दिएको आदेशअनुसार काम नभई जबरजस्ति तरिकाले काष्ठमण्डप लोकार्पण गर्न लागिएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

Agni Group
NIC Asia

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, हनुमान ढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दिप खनाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिका वडा नम्बर २० लाई विपक्षी बनाइएको छ ।

यसअघि काष्ठमण्डप पुनर्निर्माण समितिले पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राखेको थियो । उक्त मूर्तिले विश्व सम्पदाको अस्तित्व संकटमा पर्ने र धार्मिक आस्था नरहने भन्दै सर्वोच्चले पुराना मूर्ति यथास्थितिमा राख्न आदेश दिएको थियो ।

Global Ime bank

सोही आदेशको अवहेलना गरेको भन्दै व्यक्तिलाई नै सर्वोच्चमा स्पष्टीकरण र कानुनबमोजिम जरिबानाको समेत मागदाबी गरिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu