site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पेट्रोलियम व्यवसायीलाई निगमको आग्रह– मागबारे निर्णय हुन्छ, आपूर्तिमा अवरोध नगरिदिनुहोस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरणमा अवरोध नर्गन पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत निगमले व्यवसायीका मागबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उपसमितिले अध्ययन गरिरहेकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

"पेट्रोलियम बिक्रेता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग संघका मागबारे आवश्यक निर्णय लिने व्यहोरा अनुरोध गर्दै तपाईंहरूले सार्वजनिक गर्नुभएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगन गरी आम उपभोक्ताहरूले पेट्रोलियम पदार्थहरू सरल र सहज रूपले प्राप्त गर्ने व्यवस्था मिलाउनु हुन हार्दिक अनुरोध गर्दछौँ," निगमले भनेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म व्यवसायीलाई प्रतिशतमा नै कमिसन दिँदै आएको थियो । तर, त्यसपछि निगमले पेट्रोलमा मात्रै प्रति लिटर १५ रुपैयाँ मूल्य बढाइसकेको छ । व्यवसायीले पछिल्लो पटक बढाइएको १५ रुपैयाँमा कमिसन पाएका छैनन् ।

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement