site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एडीबीको पोर्टफोलियो समीक्षा, लगानीसँगै नवीन प्रविधि भित्र्याउन अर्थमन्त्रीको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकार र एसियाली विकास बैंक (एडीबी)ले एडीबीको सहयोगमा सञ्चालित विकास परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् । पोर्टफोलियो समीक्षा बैठकमा नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले सहायता बढेसँगै परियोजना कार्यान्वयन प्रगतिमा पनि सुधार आवश्यक रहेको बताए ।

कोभिड–१९ महामारीले परियोजना कार्यान्वयनमा पारेको प्रभाव आफूहरू अवगत रहेको उनले बताए । “समीक्षा बैठकका क्रममा सहमत भएका कदममार्फत् समयमा परियोजना कार्यान्वयन हुनेमा आशावादी छौँ,” उनले भने । 

नेपालमा एडीबीको सहयोगमा सञ्चालिन विकास परियोजनाको संख्या सन् २०२१ को अन्त्यसम्म ३० पुगेको छ । यी परियोजनामा बैंकले ३.४ अर्ब अमेरिकी डलर लगानी गरेको छ । गत वर्ष एडीबीले कुल २५.५ करोड अमेरिकी डलरमध्ये १६.५ करोड अमेरिकी डलर खोपका लागि ऋण प्रदान गरेको थियो । सन् २०२२ मा एडीबीको प्रतिवद्धता हस्ताक्षर हुने क्रममा रहेका ९ परियोजना समेत कुल ९३.२ करोड अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

एडीबीका अनुसार सन् २०२१ म २७.२९ करोड अमेरिकी डलर शोधभर्ना दिएको छ । ३० परियोजनामा ३.४ अर्ब अमेरिकी डलर लगानी उपलब्धतामध्ये ६६ प्रतिशत ठेक्का लागेको र ४२ प्रतिशत सन् २०२१ को डिसेम्बरको अन्तिमसम्म शोधभर्ना भएको जनाइएको छ ।

समीक्षा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरे । ठूला परियोजनाहरूमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिदा विकसित देशमा प्रयोग हुने नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न उनले आग्रह गरे ।

Global Ime bank

“हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्‍यो, जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न धेरै सजिलो होस्,” उनले भने ।

ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफल योग्य हुनुपर्ने पनि उनको भनाइ थियो ।

समीक्षा कार्यक्रममा सहभागी सरकारी अधिकारीहरूलाई सुझाव दिँदै उनले भने, “हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ । अहिले बन्दै गरेका र अब छनौट हुने नयाँ परियोजनाका बारेमा पनि यो कुरा ध्यान दिनुहोला ।”

समीक्षा बैठकसँगै आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सन् २०२१ मा राम्रो कार्यसम्पादन गर्ने परियोजनालाई सम्मान गरे । विपद् उत्थानशील विद्यालय परियोजना, समुदायिक व्यवस्थापनमा सिञ्चित कृषि क्षेत्र (अतिरिक्त लगानी) तथा ग्रामीण सम्पर्क सुधार परियोजनाले उत्कृष्ट परियोजना व्यवस्थापन समूह अवार्ड हासिल गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद लैंगिक समता, सामाजिक समावेशीता, वातावरणीय स्थायित्व र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर प्रभावकारी परीयोजना व्यवस्थापनमा उत्कृष्टताका लागि सम्मानित गरिएको एडीबीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement