site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकार्यका लागि देउवाले ओलीसँग बढाए हात !
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । बिहीबार साँझ बालुवाटारमा सत्तारूढ गठबन्धनका नेताहरूबीच करिब तीन घण्टा लामो छलफल भयो । छलफलमा एमसीसीलाई लिएर 'गम्भीर' रूपमा विचारविमर्श भएपनि कुनै निष्कर्ष भने आएन । बरु नेताहरूले आ–आफ्नै अडान दोहोर्‍याए ।

कांग्रेसले 'पास भएपनि फेल भएपनि संसद्बाटै टुङ्गो' लगाउनुपर्नेमा जोड दियो । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संसद्को गतिरोध हटाएर मात्र एमसीसीलाई अगाडि बढाउनुपर्ने पुरानै अडान दोहोर्‍याए ।

 

बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले 'मन नभए एमसीसीको विपक्षमा हाल्न सकिने तर प्रस्ताव टेबल गर्न दिन' भनी आग्रह गरेका थिए ।

देउवाले जति आग्रह गरेपनि जनता समाजवादी (जसपा)का नेता बाबुराम भट्टराईबाहेक अन्यले साथ दिने संकेत देखाएनन् । पार्टीभित्र एमसीसीलाई लिएर मतभेद भएपनि भट्टराई भने सुरुदेखि नै एमसीसीको पक्षमा छन् ।

सहमति नजुटेपछि साँझ करिब साढे ७ बजेतिर बैठक कक्षबाट नेताहरू बाहिरिन थाले । तर, निर्णय कुरेर बसिरहेका पत्रकारहरूसँग कसैले प्रतिक्रिया दिन मानेनन् ।

पछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा 'गम्भीर रूपमा छलफल' भएको त बताए तर शुक्रबार बिहान फेरि नेताहरूबीच बैठक बस्ने सहमति भएको भन्दै सञ्चारकर्मीका प्रश्नहरू टारे ।

लगत्तै सूचना आयो– प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन् । खासमा देउवा पत्रकार बालुवाटरमै रहेका बाहिरिएका हुन् । तर, त्यसबारे कुनै जानकारी गराइएन ।

एकछिनपछि ओली निवासबाट देउवा, ओली र आरजुको फोटो सार्वजनिक भयो । जहाँ देउवा निराश मुद्रामा देखिन्छन् । देउवा ८:५० बजे बालकोट पुगेका थिए । जहाँ नेताद्वयबीच करिब डेढ घण्टा छलफल भयो ।

सत्तारूढ दलकै नेताहरूबाटै सत्ता समीकरण बद्लिन सक्ने अभिव्यक्ति आइरहेका बेला बालकोटमै पुगरे प्रधानमन्त्रीले ओलीलाई भेटेपछि स्वाभाविक रूपमा एकाएक समाजिक सञ्जाल तात्यो । 

हुन पनि 'एमसीसी पारित गर्छौं' भनी सँगै हस्ताक्षर गरेर अमेरिकालाई चिठी पठाएका प्रचण्डले नै अन्तिम घडीमा साथ नदिएपछि देउवाले एमालेको साथ खोज्न थालेका छन् । सरकारमा रहँदा एससीसी पारित गर्न जोड गरेको एमाले अहिले मौन रहेपनि 'कुराकानी' मिले उसले साथ दिने अपेक्षामा देउवा छन् ।

उसो त ओलीले खुलेरै गठबन्धन तोडे 'सोच्न सकिने' अभिव्यक्ति दिइसकेका छन् ।

बालकोट भेटमा के भयो भन्नेबारे नखुलाइएपनि देउवाले एमसीसी अघि बढाउन सकिनेजति सबै गर्ने स्पष्ट सन्देश दिएका छन् ।

शुक्रबारको संसद् बैठक एमसीसी टेबल गर्ने सरकारको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro