site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनको बैठकमा कसले के भने ?

काठमाडौं । एसीसीबारे छलफल गर्न बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । गठबन्धनका सबै दलले आआफ्नो अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

"पास भए पनि हुन्छ फेल भए पनि हुन्छ, यति धेरै गिजोलियो बाहिर । जसरी भए पनि भोलिको बैठकमा टेबल गरौँ," देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

जवाफमा माओवादी केन्द्रका नेताहरूले पहिले संसद् विना अवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ ।

एकीकृत समाजवादीले भने शनिबारसम्म कुर्न आग्रह गरेको छ । एकीकृत समाजवादीले शनिबार पार्टीको बैठक डाकिएकाे र त्यतिबेलासम्म कुर्न आग्रह गरेको ती नेता बताए ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान १० बजे फेरि बस्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro