site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविका रोकिएका परीक्षा फागुनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षाहरू फागुन मसान्तभित्र सकाउने भएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले रोकिएका परीक्षा आउँदो फागुनभित्र सकाउने र नयाँ परीक्षाका लागि चैतमा तालिका सार्वजनिक गर्ने जानकारी दिए । “चैतमा अन्य विषयको परीक्षा लिने निर्णय भएको छ । त्यसको लागि सोमबार परीक्षा फाराम भर्न सूचना जारी गर्दै छौँ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिविले चैतमा स्नातक तेस्रो वर्ष र स्नातकोत्तरको प्रथम वर्षको परीक्षा लिने तयारी गरेको छ ।

रोकिएका परीक्षाहरूमा कानुन संकायतर्फ तीनवर्षे एलएलबी प्रथम वर्षका (नयाँ पाठ्यक्रम) नियमित परीक्षा दिने परीक्षार्थीहरूको स्थगित परीक्षा फागुन १ गतेदेखि १८ गतेसम्म हुनेछ ।

Global Ime bank

यसैगरी, वार्षिक परीक्षा प्रणालीअनुरूप ०७७ को ०७८ मा सञ्चालन हुने तीनवर्षे एलएलबी तेस्रो वर्षको रोकिएको नियमित परीक्षा फागुन १ देखि १५ गतेसम्म हुने भएको छ ।

०७८ कै वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको चारवर्षे बीएस्सी चौथो वर्षका नियमित तथा आंशिक परीक्षा फागुन १ देखि १२ गतेसम्म हुने भएको छ । उक्त परीक्षाको समय भने मध्याह्न १२ देखि ३ दिउँसो बजेसम्म तोकिएको छ ।

वार्षिक परीक्षा प्रणालीअनुरूप ०७७ सालको ०७८ मा सञ्चालन हुने पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल काउन्सेलिङ र पोस्ट ग्राजुएट उमन स्टडिजको पूरा तथा आंशिक परीक्षा फागुन १ देखि ८ गतेभित्र सम्पन्न हुनेछ ।

यी सबै परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हुने पनिकाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement