देश
काठमाडौं । हनुमानढोकास्थि कृष्ण मन्दिर परिसरको मल्लकालीन शिलालेख तोडफोड गरिएको छ । अज्ञात समूहले बिहीबार मल्लकालीन शिलालेख तोडफोड गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तोडफोड गरेर छाडिएको सिलालेख अड्डाले सुरक्षित राखेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले जानकारी दिए । ‘‘तोडफोड कसले कसरी गरेको हो हामीलाई जानकारी भएन । प्रहरी कार्यायल न्युरोड, पुरातत्व विभागलाई जानकारी गराएका छौँ,” उनले भने ।
अड्डाका अनुसार अभिलेख वि.सं. १७०५ मा राखिएको जनाएको छ । अभिलेखको टुक्रा जोडेर पहिलेजस्तै बनाउँन विज्ञ टोलीसँग छलफल गरिरहेको कार्यकारी निर्देशक खनालले भने ।
तस्विर : याद्दवलाल कायष्थ
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८ १४:१४
प्रतिक्रिया दिनुहोस्