site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले होइन सत्तापक्षले संसद् अवरुद्ध गरिरहेको छ : शेरबहादुर तामाङ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाएका छन् । मंगलबारको संसद् बैठकपछि सञ्चार्मीसँगको कुराकानीमा सांसद तामाङले एमालेले संसद् चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको बताए ।

एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय मुद्दाहरूमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामीले पहिलो दिन देखि नै संसद् चलाउने यदी हो भने सत्ता पक्ष र प्रतिपक्षबीचको वार्ता हुनु जरुरी छ । एजेन्डाहरू थुप्रै छन्, ती एजेन्डाहरूमा सहमतिको आधारमा जान सकिन्छ हामीले भनेकै छौँ । तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मुडमा छैन । पेलेरै जानेखालको मुडमा देखिन्छ," उनले भने ।

उनले आफूहरूले संसद् अवरोध गरेको जस्तो देखिएपनि वास्तवमा सत्तापक्षले अवरोध गरिरहेको बताए ।

Global Ime bank

"संसद् प्रतिपक्ष दलले अवरोध गरेको देखिन्छ । सारमा संसदको अवरोध सत्ता पक्षले गरिरहेको छ," उनले भने ।

संसद् पुनर्स्थापना भएपछि एमालेले निरन्तर रूपमा संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement