site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूपेन्द्र हत्या प्रकरण : फरार रहेका विकास खड्का समातिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।

गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । रावल फरार छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विकासले नवीनकै समूहमा रहेर गुन्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो ।

यसअघि नै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरिसकेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय