site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीशले तोके नियमित पेसी : न्यायाधीशलाई धर्मसंकट !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजदेखि नियमित पेसी तोकेका छन् ।

यही कात्तिक ८ गते नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो । न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको ‘फुल कोर्ट’ अस्वीकार गर्दै इजलास जान छोडेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानन्यायाधीश जबराले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन)का पक्षमा रहेको भन्दै न्यायाधीश मनोज शर्मामार्फत सन्देश पठाएपछि १४ गते प्रधानन्यायाधीशसँगको संवादहीनता तोड्दै न्यायाधीशहरू १५ गतेदेखि इजलास फर्किएका थिए । प्रधानन्यायाधीश इजलासमा बस्न नहुने र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेसी तोक्न नहुने समझदारी गरेर इजलास फर्किएका न्यायाधीशका सर्त प्रधानन्यायाधीशले कात्तिक १७ गतेसम्म मानेका थिए ।

तर, प्रधानन्यायाधीश जबराले सोमबार (हिजो) आफूसहितको संयुक्त इजलास तोकेर न्यायाधीशहरूसँग गरेको समझदारी तोडेका थिए । आज भने प्रधानन्यायाधीश जबराले नियमित पेसी तोकेका छन् । उनले नियमित पेसी तोक्दै आफ्नो एकल इजलासमा सातवटा मुद्दा राखेका छन् । उनले आफूबाहेकका नौवटै संयुक्त इजलास तोकेका छन् ।

Global Ime bank

न्यायाधीशहरूले भने प्रधानन्यायाधीशसँग इजलास साझेदारी नगर्ने र बन्दी प्रत्यक्षीकरणकाबाहेक मुद्दाको सुनुवाइ नगर्ने तयारी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय