राजनीति

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुबीच सरकार चाँडै विस्तार गर्ने सहमति भएको छ । आज बिहान बालुवाटारामा बसेको पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
गठबन्धनमा रहेका दलहरुले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा भने टुंगोमा पुगिनसकेको उनले बताए ।
“छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने कुरा भएको छ । कुन–कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि हाम्रोतर्फबाट टुंग्याइहाल्छौं,” उनले भने ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८ १३:१६
प्रतिक्रिया दिनुहोस्