site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा दैनिक संक्रमित हुने दर घट्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा कोरोना संक्रमित घटेका छन् । प्रदेश नम्बर–१ को राजधानीमा केही सातायता संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ ।

विराटनगर महानगरपालिकाका अनुसार दैनिक ५० र त्यसभन्दा पनि कम संख्यामा संक्रमित फेला पर्न थालेपछि बजार खुलेका छन् । निजी तथा सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा छन् ।

प्रदेशका मुख्य सहरहरु इटहरी, धरान, दमक  र बिर्तामोडमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेका बेला तुलनात्मक रुपमा विराटनगरमा भने घटेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकानुसार महानगरमा सञ्चालित अस्पतालहरुमा समेत बिरामीको चाप घटेको छ । ती अस्पतालहरुमा विराटनगरसहित प्रदेशभरका विभिन्न ठाउँबाट संक्रमितहरु उपचारका लागि भर्ना हुने गरेका छन् ।

महाशाखाका अनुसार न्युरो अस्पतालको कोभिड युनिटको २५ आईसीयूमध्ये २० वटा खाली छन् । यसैगरी, आठ भेन्टिलेटरमध्ये तीन खाली छन् । १० अक्सिजन बेडमध्ये एउटा खाली छ ।

Global Ime bank

कोसी अस्पताल कोभिड युनिटका अक्सिजन बेडमध्ये २८ वटा खाली छन् । आईसीयू र भेन्टिलेटर खाली छन् । कोसी कोभिड अस्पतलाका २१ आईसीयू र १५ भेन्टिलेटर बेड खाली छन् । ६२ अक्सिजन बेडमध्ये १७ खाल छन् ।

विराट मेडिकल कलेजमा ४५ अक्सिजन बेडमध्ये २१ खाली छन् । २५ आईसीयू र ६ भेन्टिलेटर पनि खाली छन् ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हैदर अली दोस्रो लहर पूर्ण रुपमा नसकिएको र संक्रमणको जोखिम उस्तै रहेकोले सतर्क रहन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सुझाव दिन्छन् । उनले भने, “जोखम कम भएको छैन । त्यसैले सतर्क रहन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न भने छाड्नु हुँदैन ।”

तथ्यांकानुसार हालसम्म विराटनगरमा कोरोनाका कारण १५१ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी, कुल संक्रमितको संख्या ११ हजार ५५४ छ । अहिले दुई हजार ५१८ जना सक्रिय संक्रमित छन् । आठ हजार ८८८ जना संक्रमणमुक्त भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement