site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जीडीपीको ५ प्रतिशत राहत प्याकेज र आयातित १० प्रतिशत खोप निजी क्षेत्रलाई दिन चेम्बरको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेज र आयात गरिएको १० प्रतिशत खोप निजी क्षेत्रका लागि छुट्याउन माग गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको पदाधिकारीले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न विभिन्न सुझावहरू प्रस्तुत गर्दै विश्वव्यापी महामारीको पहिलो क्षति निजी क्षेत्रले भोग्नुपरेको बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक क्रियाकलाप चलायमान हुने उनले बताए ।

चेम्बरले संसद्मा बिचाराधीन आर्थिक विधेयकहरू पारित गरिनुपर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अङ्कको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनुपर्ने माग गरेको छ ।

Global Ime bank

अर्थमन्त्री शर्माले अर्थतन्त्रलाइ उकास्न औद्योगिकरणको माध्यमबाट मात्र सम्भव भएको भन्दै आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement