site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुजुकीको जिम्नी एसयूभीमा रारा एडभेन्चर, ‘अ राइड विथ अ कज’ सम्पन्न 

काठमाडौं । सुजुकीकाे चारपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्सले ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ ।  सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प एवं सीजी नेक्स्टजेनले राइड आयोजना गरेको हो । सुजुकीको जिम्नीका माालिकले गाडीको वास्तविक क्षमता पत्ता लगाउन सकून भन्ने राइडको उद्देश्य भएको कम्पनीले जनाएको छ । 

गएको वैशाख २३ देखि सुरू भएर २९ गते सम्पन्न भएको राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरू भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनले जिम्नी एक लोकप्रिय लाइफ स्टाइल एसयूभी भएको बताए ।

Dabur Nepal
NIC Asia

हाल ९० भन्दा धेरै देशमा सार्वजनिक जिम्नी ३० हजारभन्दा धेरै युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ ।राइडमा १० जिम्नी गाडी रहेका थिए । राइडलाई थप अर्थपूर्ण बनाउन कालिकोटको सरस्वती आधारभूत विद्यालयलाई दुई लाखको सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

१३५ भन्दा बढी विद्यार्थी रहेको विद्यालयलाई मुलपानी–८, कालीकोटका वडा अध्यक्ष लालबहादुर बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । राइडमा सहभागी कम्पनीका ग्राहक शिव श्रेष्ठले रारा फेरि जाने इच्छा रहेको र अफ रोडिङ क्षमताका कारण जिम्नी खरिद गरेको बताएका थिए ।

राइडमा सहभागी अर्का जिम्नी धनी आदित्य थापाले जिम्नीसहितको राइड विशेष रहेको बताए ।  कार्यक्रमबारे सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले जिम्नीले एडभेन्चर रोज्ने ग्राहकको माग पूरा गर्ने बताएका छन् ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro