site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि चार जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रममा भएका कमजोरी स्वीकार्दै कार्यान्वयनमा जोड दिने बताएपछि उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस क्रममा उनले कोरोना महामारी र राजनीतिक खिचातानीका कारण जनताका आवश्यकताअनुसारका योजना ल्याउन नसकिएको बताएका थिए ।

“साँच्चिकै राम्ररी हामीले नीति तथा कार्यक्रममा फोकस गर्न सकेका छैनौँ, । “यद्यपि सांसदहरूको संशोधनलाई आत्मसात गरेर पनि अझ सशक्त र राम्रो योजना समेट्न सकिन्छ,” उनले भने ।

Global Ime bank

कार्यालय र कर्मचारी अभावमा बजेट खर्च र योजना कार्यान्वयन पक्ष कमजोर रहेको पनि उनले स्वीकार गरेका थिए । उच्च तहका कर्मचारीको सरुवा हुँदा बजेट कार्यान्वयन पक्ष कमजोर बनेको उनको भनाइ छ । उनले नीति तथा कार्यक्रममा पुरानो योजनालाई निरन्तरता दिएको पनि स्वीकार गरे ।

यसपाली सबै दलितलाई मुख्यमन्त्री गरिब, दलित अवास योजनामार्फत लाभ हुने उनको दाबी छ । महेन्द्र नारायण नीधिको नाममा प्रत्येक वर्ष दसवटा घर बनाउने योजना संशोधन गरेर राख्ने प्रतिबद्धता पनि उनले जनाए । धेरै ठाउँमा ‘मधेस’ शब्द आएको विषयबारे बोल्दै उनले मधेसले नै संघीयता र अधिकार स्थापित भएको कारण त्यो शब्द सम्बन्धित धेरै योजना राखिएको बताए । 

मुख्यमन्त्री राउतले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले चिकित्सकको मासिक पारिश्रमिक एक लाख ५० हजार हुनगरी प्रावधान ल्याउने तयारी गरिएको बताए । 

अब सोमबारको बैठकमा प्रिबजेटमा छलफल भएर असार १ गते सरकारले बजेट भाषण गर्ने तयारी गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय