site stats
बाह्रखरी :: Baahrakhari
देश
एकलाख जनालाई खोप लगाउने काठमाडौं महानगरको लक्ष्य अधुरै

काठमाडौं । एकलाख जनालाई खोप लगाउने काठमाडौं महानगरको खोप लक्ष्य अधुरै रहेको छ ।  सरकारले खोप दिन नसकेपछि एकलाख जनालाई खोप लगाउनले लक्ष अधुरै रहेको हाे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले एक लाख जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि काठमाडौं महानगर क्षेत्रभित्रका ३२ स्थानमा ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका थिए । 

मेयर शाक्यले पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको भन्दै सो समूहका सबै महानगर क्षेत्र भित्र बसोवास गर्ने सबै नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गर्दै आएका थिए । 

स्वास्थ्य मन्त्रालयको खोप महाशाखाबाट भोलिबाट खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि खोप कार्यक्रम स्थगित गर्न बाध्य भएको कुँवरले जानकारी दिए ।

‘‘शुक्रबार र शनिबार खोप अभियान सञ्चालन हुने छैन । जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौं महानगरलाई ३२ हजार खोप उपलब्ध गराएकोमा थियो,” उनले भने, ‘‘तीनदिनको अवधीमा सो खोप  २८ हजारभन्दा बढीले लगाइसकेका छन् । अब बाँकी चार हजार खोप पुगेको छैन ।”

सरकारले थप खोप उपलब्ध नगराएसम्म काठमाडौंमा उक्त खोप अभियान सञ्चालन हुने छैन ।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २०:२२
प्रतिक्रिया दिनुहोस्