site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनतालाई कर बुझाउने दासमात्र नबनाऊ  

काठमाडौं । के उच्च सरकारी ओहदामा बस्ने व्यक्तिको मनमा मानवीय समवेदना भन्ने चिज सुकेर जान्छ ? होइन भने सरकारले गरेका निर्णयमा मानवीयताको थोरै मात्र अंश पनि किन अनुभव गर्न सकिन्न ? 

असार १ गते देखि सरकार लकडाउनमा राहत दिने सोच बनाउँदै छ । यो निर्णय किन गर्दैछ ? के जनताको आर्थिक अवस्था नाजुक भयो अब अर्थतन्त्रलाई जोगाउनु पर्छ भनेर हो ? अफसोचका साथ भन्नुपर्छ, सरकारको जनतालाई आर्थिक राहत दिने कुनै सोच होइन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विगत १४ महिनादेखि विभिन्न समयमा अनेक प्रकारको लकडाउनमा पिल्सिएका जनताबाट कर मात्र उठाउने अभिप्रायले अब यो सरकार केही समयका लागि लकडाउन झिक्ने सोच बनाउँदै छ । यो अत्यन्त अमानवीय र निकृष्ट सोच हो । 

सरकारको जनतालाई केवल कर तिर्ने एक दासको रुपमा गरिने व्यवहारको आज यस कार्यक्रमबाट प्रतिवाद गर्दैछौँ ।

प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 


 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्