काठमाडौं । संघीय सरकालाई पछ्याउँदै वाग्मती प्रदेश सरकारले पनि अगामी बजेटमा सुरुङमार्गलाई प्राथमिकता दिने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छोटो सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु गरिने बताए ।
यस्तै, संघीय सरकारको सहलगानीमा प्रदेश गौरवका रुपान्तरणकारी आयोजनाका रुपमा रहेको पोस्टबहादुर बोगटी मार्गको भीमफेदी–कुलेखानी सुरुङमार्गको निमार्णकार्य सुरु गरिने उनले बताए ।
यस्तै, चालु आर्थिक वर्षमा पुनर्निर्माण सुरु भएको चुरियामाई सुरुङलाई पुनर्निर्माण सम्पन्न गरी अध्ययन केन्द्रको रुपमा विकास गरिने उनले बताए ।
प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने मदनभण्डारी मार्ग भैँसे–भीमफेदी र कुलेखानी–सिस्नेरी तथा छैमले–दक्षिकालीको निमार्णाधीन सडकखण्ड निर्माण प्राथमिकतामा राखेर अगाडि बढाइने उनले बताए ।