site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

आयोजना  सम्पन्न नहुँदै हतारमा उद्घाटन गरिएको मेलम्ची खानेपानी आयोजनाबाट सुरुङको परीक्षणका लागि भन्दै आगामी असार १ बाट पानी वितरण बन्द गरिने बताइएको छ । मेलम्चीसमेत व्यक्तिगत सनक लहड र स्वार्थमा देश र जनताको जति ठूलो क्षति भए पनि उपेक्षा गर्ने ओली प्रवृत्तिको अर्को उदाहरण बन्न पुग्यो ।

मेलम्चीको सुरुङ परीक्षणका क्रममा पहिले दुर्घटना हुँदा दुई जना प्राविधिक कर्मचारीको ज्यानै गएको थियो । त्यसपछि मर्मत गरेर सुरुङमा पुनः पानी भरिएको थियो । त्यति भइसकेपछि पनि सुरुङको परीक्षण विधिवत् सम्पन्नै नगरी उद्घाटन गराइयो ।   

आयोजनाको ‘टेस्टिङ एन्ड कमिसनिङ प्रोटोकल’ पालना गरिएको भए सुरुङमा पानी भरेपछि दुई सातासम्म दुवैतर्फको मुख बन्द गरेर सुरुभित्रै पानी अड्याउनु पर्थ्यो । त्यसपछि त्यसरी नै बिस्तारै पानी खाली गरेर सुरुङको परीक्षण गर्नुपर्थ्यो । निर्माण गर्न २५ वर्ष लागेको आयोजनाको उद्घाटनका गर्न २५ दिन लाग्ने परीक्षणका लागि पनि पर्खने धैर्य सरकारी अधिकारीले देखाउन सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

परन्तु, बीसौं वर्ष लागेको योजना सम्पन्न गरेको जस लिने र इतिहासका ‘नाम’ राख्ने लोभमा कर्मचारीलाई दबाब दिएर राम्ररी सम्पन्नै नभएको मेलम्ची आयोजनाको उद्घाटन  गरियो । धरहरामा पनि यसरी नै काम नसकिँदै उद्घाटनको तमासा गरिएको गरिएको थियो । मेलम्ची पनि त्यही प्रवृत्तिको सिकार भयो । 

यसरी बलमिचाइँ गर्दा सुरुङ सधैँ नै भत्कने जोखिममा रहने भयो । परीक्षणको मापदण्ड पूरा नगरी यसरी सञ्चालन गर्दा फेरि भत्किन र अकल्पनीय दुर्घटना हुनसक्थ्यो । तैपनि, उद्घाटनको व्यक्तिगत सनक पूरा गर्न आयोजना र प्रभावित क्षेत्रका जनतालाई यति ठूलो र डरलाग्दो जोखिममा पारियो ।

Global Ime bank

आयोजना र जनतालाई भयावह जोखिममा पारेर समय नपुगी उद्घाटनका निम्ति दबाब दिने, उद्घाटन गर्ने र गराउनेका साथै आयोजनाका ठेकेदार तथा जिम्मेवार कर्मचारीहरू पनि यस गैरजिम्मेवार प्रवृत्तिका लागि दोषी देखिन्छन् । आयोजना सम्पन्न गराएको जस पाउनुपर्नेहरू यति गैरजिम्मेवार हुनु दुर्भाग्यपूर्ण विडम्बना हो ।

आयोजना ठेक्का लगाउँदा विधि र प्रक्रियामा तलमाथि भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायले हस्तक्षेप गरी कानुनबमोजिम कारबाही गर्छन् । निर्माणमा अपनाउनुपर्ने विधि, गुणस्तर र मापदण्ड पालन नगर्नेहरू पनि त्यस्तै कारबाही र सजायका भागी हुन्छन् । 

देशको राष्ट्रपति वा प्रधानमन्त्रीजस्ता व्यक्तिहरूले एउटा आयोजना उद्घाटन गर्ने लोभमा यति भयानक जोखिमको बेवस्ता गरेको घटना  संसारकै इतिहासमा बिरलै भेटिएला । राजनीतिक नेतृत्वले दबाब दिए पनि आयोजनाका कर्मचारीले त कम्तीमा ‘प्रोटोकल’ उल्लङ्घन हुन दिनु हुँदैन थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी वा प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्न नहुने धेरै कृत्य गरेका छन् । इतिहासमा उनीहरूको लेखजोखा हुने नै छ । मेलम्ची आयोजनाका कर्मचारीले पनि आफ्नो कर्तव्य पूरा गरेनन् । जति नै ढाकछोप गर्न खोजे पनि दबाबमा मापदण्ड मिचिएको स्पष्ट भएको छ  । केही खराबी भएको रहेछ भने त्यसको दोष राजनीतिक दबाबको  ढाकछोप गर्ने कर्मचारीकै थाप्लामा पर्ने निश्चित छ ।

गैरजिम्मेवार कर्मचारीलाई पनि सजाय हुनुपर्छ। यस्तो ठूलो गैरजिम्मेवार प्रवृत्ति पनि दण्डित नभए मुलुकले कुनै न कुनै बेला ठूलो क्षति सहनुपर्नेछ । प्रार्थना गरौँ, मेलम्चीको सुरुङमा कुनै खराबी नदेखियोस् र उपभोक्ताले लामो समय फेरि काकाकुल हुन नपरोस् !
 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC