site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाका अधिकृतलाई यूएन सेक्रेटरी जनरलबाट प्रशंसापत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदरस्वरुप संयुक्त राष्ट्रसंघ (यूएन) सेक्रेटरी जनरलबाट प्रशंसापत्र प्राप्त भएको छ ।

०७७ मंसिर १० गते अस्थायी अपरेटिङ बेस क्युइवेटनजिक दुई जातिका हतियारधारी समूहहरुबीच उत्पन्न तनावपछि नेपाली शान्ति सैनिक तत्काल उक्त इलाकामा परिचालन भएको थियो । जसकारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण सम्भावित ठूलो जातीय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई यूएन सेक्रेटरी जनरलबाट प्रशंसापत्र प्राप्त भएको जानकारी गराइन्छ ।”

उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले उल्लेखीय भूमिका खेलेकाले यूएनले प्रशंसापत्र पठाएको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement