site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्मचारीहरुको स्ट्रेस भगाउन अमेजोनले ल्याएको ‘वेलनेस च्याम्बर’ किन आलोचित ?
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेजोन कम्पनीले स्ट्रेसमा रहेका आफ्ना कर्मचारीहरुका लागि भनेर ‘वेलनेस च्याम्बर’ को सेवा सुरु गर्ने बताएको छ । उक्त च्याम्बर भित्र बसेर थकित कर्मचारीहरुले आरामदायक भिडियोहरु हेर्न पाउनेछन् । 

आफ्नो ट्विटर अकाउन्टमा यसबारे घोषणा गर्दै अमेजोनले यस नयाँ सेवामार्फत कम्पनीका स्टाफको मानसिक स्वास्थ्यतर्फ ध्यान दिन मद्दत मिल्ने बताएको छ । 

Agni Group

तर, यति ट्विट गर्नासाथ कम्पनीको चारैतिरबाट आलोचना र विरोध भएको हो किनकी अमेजोन कम्पनीमाथि अत्यन्तै खराब कार्यस्थल वातावरणमा काम गराउने आरोप लाग्दै आएको छ । कम्पनीले यस समबन्धी प्रतिक्रिया दिन बीबीसीको अनुरोध अस्वीकार गरेको हो । 

१७ मे का दिन कम्पनीले ‘वर्किङ वेल’ भन्ने नयाँ नीति सार्वजानिक गरेको थियो जस अन्र्तगत स्टाफहरुलाई शारीरिक र मानसिक क्रियाकलाप सम्बन्धी स्वस्थकर व्यायाम, स्वस्थ खानाको सेवालगायत व्यवस्था मिलाइने बताएको थियो ।

Global Ime bank

‘अमाजेन’ नामक सो कोठाबारे ब्याख्या गर्दै कम्पनीले भनेको हो, “आफ्नो सिफ्टका बेलामा कर्मचारीहरुले अमेजोन स्टेसन भ्रमण गरि ध्यान, योग, सकारात्मक मानसिकता पैदा गर्ने आरामदायक दृश्य र आवाजहरु हेर्नसुन्न सक्नेछन् । ” 
अमेजोनले यसको भिडियोसमेत सार्वजानिक गरेको थियो तर अहिले भने उक्त ट्विट डिलिट गरिसकेको छ । 

सो कोठाभित्र एउटा कुर्सी, कम्प्युटर टेबल र केही साना बोटविरुवा राखिएको थियो । प्यानलको माथिपट्टी भने नीलो रङको पेन्ट लगाएर बादलहरुको चित्र बनाइएको देख्न सकिन्छ । 

तर प्रायःले त्यसलाई केबल ‘रुन जाने कोठा’ मात्र भएको भनेर आलोचना गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC