site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाले बनाउने भनिएको ‘होल्डिङ सेन्टर’ के हुँदै छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौँ । सरकारको निर्णय र निर्देशनानुसार कोरोनाको दोस्रो लहरमा पनि नेपाली सेना अग्रपंक्तिमा खटिएको छ ।

मुलुकका आठ स्थानमा ‘होल्डिङ सेन्टर’ बनाउने जिम्मेवारी पाएकोमा हाल डिजाइन स्वीकृत भइसकेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । अरु विपद्मा समेत प्रयोग गर्न सकिने गरी सेनाले बहुउपयोगी भवन बनाउन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल सार्वजनिक खरिद ऐन र आर्थिक नियमावलीमा रहेको प्रक्रियाअनुसार सेनाले नौवटा बोलपत्र आह्वान गरेको जनाएको छ । होल्डिङ सेन्टरमा १०० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउने सेनाको योजना छ । यसका लागि उपयुक्त ठाउँमा जग्गा प्राप्तिका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको उनले बताए ।

यस्तै, सेनाले सामाखुसीको राधास्वामी आश्रममा २०० जना क्षमताको अक्सिजन बेड बनाएको छ ।

Global Ime bank

कोरोनाका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने जिम्मेवारी सेनाकै हो । यसैगरी, सरकारको सीसीएमसीसँग समन्वयमा रहने गरी जंगीअड्डाले कोभिड संकट व्यवस्थापन केन्द्र (सीएमसीसी)को स्थापना गरेको छ । सीएमसीसीले कोरोना रोेकथाम र प्रतिकार्यको लागि आवश्यक पर्ने स्रोत व्यवस्थापनको क्रममा काठमाडौंको थानकोटमा अक्सिजन प्लान्ट र काभ्रेको पनौतीस्थित नवज्योति ग्यास अक्सिजन प्लान्ट मर्मत गरी जनशक्ति खटाई सञ्चालनमा ल्याएको छ ।

कोरोनाका कारण हालसम्म चार सैनिकको ज्यान गइसकेको छ भने अहिले करिब ४०० सैनिक संक्रमित रहेका जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय