site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दुर्घटनामा घाइते आफ्ना बिरामीलाई उपचार गर्न ढिलो गरेको निहुँमा विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर र स्वास्थ्य सहायकलाई रगतपच्छे हुनेगरी कुटपिट गरियो ।  जोबाट घाइतेको उपचारको अपेक्षा गरिएको हो उल्टै तिनै चिकित्सकलाई कुटपिट गर्नु निन्दनीय विडम्बना हो ।

चिकित्सक मानवीय कमजोरी नभएका अर्कै दुनियाँका प्राणी होइनन् । उनीहरूको हेलचेक्य्राइँबाट मानिसको ज्यान जान सक्छ । यस्तै, चिकित्सक अलि बढी गम्भीर र कर्तव्यपरायण भइदिए जीवन जोगिन पनि सक्छ । यसैले समाजमा अरू पेसाका तुलनामा चिकित्सकलाई बढी सम्मान र अपेक्षा पनि गरिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महामारीका बेलामा त झन् चिकित्सकहरू प्राणरक्षककै अवतारमा देखिएका छन् । कोभिड(१९ सङ्क्रमितहरूबाट रोग सर्ने सबैभन्दा बढी जोखिममा रहेर पनि चिकित्सकहरूले बिरामी बचाउन हरसम्भव प्रयास गरेका छन् । यस्तो अवस्थामा पनि उनीहरूमाथि आक्रमण हुनु अत्यन्त चिन्ताको विषय हो । यो त सामाजिक मनोवृत्तिमा गम्भीर सङ्क्रमणको लक्षण हो ।

सरकारी अस्पतालको व्यवस्थापीय त्रुटि वा भ्रष्टाचारका कारण बिरामीले राम्रो सेवा नपाउँदा वा निजी क्षेत्रबाट चलाइएका अस्पतालले बिरामीलाई दुहुनो गाई बनाउँदा पनि धेरै गाली भने डाक्टरलाई गरिन्छ । तैपनि, तिनले काम छाडेका छैनन् । महामारीविरुद्धको लडाइँमा पहिलो पङ्क्तिमा रहेका चिकित्साकर्मीले सबैभन्दा बढी तनाब पनि सहेका छन् । 

Global Ime bank

भारतमा कोरोनाभाइरसको सङ्क्रमणबाट हजार जनाभन्दा बढी डाक्टरहरूको र ठूलो सङ्ख्यामा अरू स्वास्थ्यकर्मीको प्राण गइसकेको छ । असंख्य चिकित्साकर्मी उपचार गर्ने उपाय र साधनको अभावमा  सङ्क्रमितहरू छटपटाएको देख्दा मानसिक तनावका कारण बिरामी हुनपुगेका छन् । अवस्था उस्तै भएकाले नेपालमा सङ्ख्यागत तलमाथि भए पनि समस्या उस्तै छ । 

अहिले त डाक्टरहरूलाई हौसला, साथ र सद्भाव देखाउनु पर्थ्यो । समाजले तिनको सेवा र समर्पणको सम्मान गर्नुपर्थ्यो । उनीहरूलाई अहोरात्र खट्न प्रेरित गर्नुपर्थ्यो । तर, विराट शिक्षण अस्पतालको जस्तो घटनाले चिकित्सकहरूलाई हतोत्साही र निराश बनाउन सक्छ । यसैले अस्पतालको आकस्मिक कक्षमै डाक्टर कुटिने घटनाको सबैले निन्दा गर्नुपर्छ ।

कुटपिटमा संलग्न युवाको आक्रोशको कारण उचितै भए पनि उनीहरूले गरेको कामको औचित्य सिद्ध हुँदैन । प्रहरीले तिनलाई पक्रेर कारबाही चलाएको समाचार छ भने तिनलाई क्षमा दिने अधिकार पीडित चिकित्सकहरूलाई मात्र छ । भिडले गरेको अपराधमा कारबाही नगर्ने प्रवृत्तिले यस प्रकारका उद्दण्डता दोहोरिने गरेको हो ।

यस्ता छिटफुट घटनाबाट विचलित नभई पूर्ववत् मानव सेवामा समर्पित रहन हामी सबै चिकित्सकसँग आग्रह गर्दछौँ । महामारीमा चिकित्साकर्मीले गरेका सेवाको नेपाली समाजले उच्चमूल्याङ्कन नगर्नु कृतघ्नता हुन्छ । बैगुनी समाज जिउँदो रहँदैन भन्ने नबिर्सौँ !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC