site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अव्यवस्था र भ्रष्टाचारबीच प्रत्यक्ष सकारात्मक सम्बन्ध हुन्छ । सायद यही कारणले भ्रष्ट शासनमा अव्यवस्था पनि धेरै देखिन्छ । उदाहरण खोज्न टाढा जानु पर्दैन । कोभिड-१९ को सङ्क्रमणपछि नेपालमा देखिएको अव्यवस्था र भ्रष्टाचार नै पर्याप्त हुन्छ ।

कोभिड-१९ को महामारी सुरु हुने बेलामा स्वास्थ्य सामग्री विशेषगरी परीक्षणका साधनको चर्को अभाव भयो । नियमितरूपमा किन्नुपर्ने स्वास्थ्य सामग्री खरिद गर्ने निर्णयसमेत बेलैमा नगरेर सङ्कट उत्पन्न गराइएको थियो । परीक्षणका लागि आवश्यक किट नभएर हाहाकार मच्चियो । 

त्यसपछि सत्तारुढ दलका नेताका आफन्तहरू संलग्न कुनै ‘ओम्नी’ नामको कम्पनीका नाममा भए गरिएको अनियमितता सबैलाई थाहा नै छ । ओम्नीलाई दिइएको स्वास्थ्य सामग्री किन्ने ठेक्कामा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता बदर गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले अक्सिजनको अभावले भयावहरूप लिएको छ । बेलैमा अक्सिजनको पर्याप्त व्यवस्था नभए कहालीलाग्दो अवस्था उत्पन्न हुने चेतावनी जनस्वास्थ्यविद्हरूले समय छँदै दिएका थिए । सरकार भने अक्सिजनको थप अभाव भए कृपापात्रहरूले कमाउने मौका पाउँछन् भनेझैँ तमासा हेरेर बस्यो ।

चीनले नेपालको अक्सिजनको सङ्कटमा मानवीय सहयोगस्वरूप केही हजार अक्सिजन सिलिन्डर अनुदानमा दियो । तर, त्यसरी पाइएको अक्सिजनको वितरण पनि व्यवस्थित गरेको देखिएन । अस्पताललाई सकेसम्म चाँडै हस्तान्तरण गरिनुपर्ने अक्सिजनका सिलिन्डरहरू सत्तारुढ दलका सांसद र मन्त्रीका घरडेरामा थन्क्याइए ।

Global Ime bank

कहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कहिले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजन वितरणको जिम्मा लिए तर सरकारी अस्पतालकै निर्देशकले आफ्नो अस्पतालको भागको अक्सिजन ‘माथिल्लो दर्जाका प्रहरी’ले लगेको भावुक वेदना सामाजिक सञ्जालमा पोख्नु पर्‍यो  । 

त्यतिमात्र होइन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले समेत सांसदहरूले आफूखुसी अक्सिजन माग्दै र बाँड्दै हिँड्ने होइन भनेर सार्वजनिकरूपमै सम्झाउनु पर्‍यो  । उनले सांसद र मन्त्रीले आफ्नो सरकारलाई विश्वास गर्नुपर्छ भन्ने पनि सम्झाएका छन् । तर, उनका भनाइ सही भए पनि कसैले टेरेको देखिएन । 

सरकारले जानजान जन्माएको यही अव्यवस्थाको चरमरूप ‘अक्सिजन लुट’मा प्रकट भएको हो । र, यो संयोगवश वा अज्ञानवश भएको होइन भन्ने बलिया आधार छन् । अक्सिजनको ‘लुट’ले अन्ततः हाहाकार नै बढ्ने हो । हाहाकारपछि कालोबजारी हुनु स्वाभाविकै हो ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको शासनका संयन्त्रहरू भताभुङ्ग बनाउने, प्रणाली भत्काउने, अधिकार आफूमा केन्द्रित गरेर निरङ्कुश शासन चलाउने मनसुवाको उपज नै अहिलेको अवस्था हो । यसैले प्रधानमन्त्री ओलीको प्रणाली भत्काउने र तजबिजमा शासन चलाउने अधिनायकवादी प्रवृत्ति समाप्त नभएसम्म अव्यवस्था र लुट पनि कायमै रहने देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC