site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
काेराेना कहर : रातारात उपत्यका छोड्नेकाे घुइँचाे (तस्बिरहरू)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ भन्ने टुङ्गो नभएपछि काठमाडौं उपत्यका छोडेर घर फर्किनेको घुइँचो लागेको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर उच्च भएपछि कोरोनाको त्रासले रातारात हजारौं मान्छेहरु उपत्यका छोड्न थालेका छन् । 

पछिल्लो पटकको निषेधाज्ञामा स्थानीय सरकारको सिफारिसमा घर जान दिने निर्णय भएपछि अहिले रात्रिकालीन बस चढेर जानेको भिड लागिरहेको छ । शुक्रबार राति काम गर्ने र अध्ययन गर्न आएका विद्यार्थीहरु घर फर्किन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न चोकमा भेला भएका थिए ।

हेरौँ काठमाडौंको तिनकुनेमा देखिएको दृश्य तस्बिरमा :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २३:१५
प्रतिक्रिया दिनुहोस्