site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भेरोसेल खोपको दोस्रो डोज दिन काठमाडौंका सबै वडामा खोप केन्द्र तोक्ने तयारी
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठामाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउन सबै वडामा खोप केन्द्र तोक्ने तयारी गरेको छ । पहिलो खोप लगाउदा व्यवस्थित र अत्याधिक भिडभाड भएको भन्दै आलोचना भएपछि महानगरले अहिले व्यवस्थित बनाउन लागेको हो । 

महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलेका खोप केन्द्र अव्यवस्थित भएकाले यसपाली व्यवस्थित बनाउने उद्देश्यले खोप केन्द्र तोक्न लागिएको हो । ‘‘हामीले सर्वसाधारणका लागि खोप लगाउनकै लागि टाढा जानुपर्ने अवस्था नआओस् भनेर खोप केन्द्र तोक्ने तयारी गरेका छाैँ,” कुँवरले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरकाअनुसार वैशाख २२ गते जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयबमोजिम खोप लगाइनेछ । उक्त निर्णय बमोजिम भेरोसेलको दोस्रो खोप लगाउन महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ । 

कुँवरकाअनुसार महानगरपालिकाले ०७७ चैत २५ गतेदेखि २०७८ वैशाद १५ गतेसम्म १६ वर्षदेखि ५९ वर्षभित्रकाले लगाएको भरोसेल खोपको दोस्रो डोज लगाउने गरि व्यवस्थापन मिलाइरहेको छ । 

Global Ime bank

‘‘खोपको दोस्रो डोज जेठ २ गतेदेखि काठमाडौं महानगरपालिकाका ३२ सै वडामा खोप केन्द्र स्थापनाको तयारी थालेका छौँ । अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै खोप लिइने व्यवस्था मिलाइरहेका छाैँ,” कुँवरले भने, ‘‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ वैशाख २२ गतेको निर्णय बमोजिम खोप लगाउने गरी खोपकेन्द्रको तयारी थालेका छाँै ।”

यसैअनुसार काठमाडौंमा खोप लगाउनेको संख्या एक लाख २५ हजार रहेको तथ्यांकले देखाएको छ । टोखा र बूढानीलकण्ठको सबै गर्दा एक लाख ५० हजार लगाएका थिए । काठमाडौं उपत्यकाभर पहिलो चरणको भेरोसेल खोपको पहिलो डोज एक लाख ५९ हजार जनाले लगाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement