site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निषेधाज्ञा अवधिभर बैंकहरूले ५० हजारभन्दा कम रकम डिपोजिट नगर्ने

काठमाडौं । कोरोना जोखिम बढेपछि अबदेखि बैंकहरूले ५० हजार रुपैयाँभन्दा माथिकाे रकम मात्र डिपोजिट गर्ने भएका छन् । बिहीबार नेपाल बैंकर्स संघले बैंकहरूमा भिडभाड तथा कोभिडको जोखिम कम गर्न निषेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने निर्णय गरेको हो । 

संघले सकेसम्म डिजिटल बैंकिङ्गको प्रयोग गर्न ग्राहकलाई आग्रह गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघले निषेधाज्ञा अवधिभर बैंकहरूमार्फत खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा मात्र उपलब्ध हुने जनाएको छ । 

यीबाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरूको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १९:३६
प्रतिक्रिया दिनुहोस्