site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मस्कटबाट ६०० अक्सिजन सिलिन्डर शनिबार ल्याइने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको  जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा संकलित करिब ४०० थान अक्सिजन कन्सन्ट्रेटर, ४०० थान सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्‍याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिन्डर शनिबारसम्म काठमाडौं पुर्‍याउने प्रयासमा रहेको जनाएका छन् ।

Global Ime bank

ओमानपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइडबडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए ।  निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०–१२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

निगमको वाइडबडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC