बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतमा तीन लाख ६२ हजार नयाँ संक्रमित, थप चार हजार बढीको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

नयाँदिल्ली । भारतमा दुई दिन लगातार तीन लाख ५० हजार तल झरेको कोरोना संक्रमितको संख्या बिहीबार पुनः उकालो लागेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ६२ हजार ७२७ नयाँ संक्रमित थपिएका यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण चार हजार १२० जनाको मृत्यु भएको छ । बुधबार तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका थिए भने हालसम्मकै धेरै चार हजार २०५ संक्रमितको मृत्यु भएको थियो ।

Duber nepal

Agani Group

योसँगै भारतमा कुल संक्रमितको संख्या दुई करोड ३७ लाख तीन हजार ६६५ पुगेको छ । कोरोनाभाइरस संक्रमणका कारण दुई लाख ५८ हजार ३१७ जनाको मृत्यु भएको जनाइएको छ ।

कुल संक्रमितको १५.६५ प्रतिशत अर्थात् ३७ लाख १० हजार ५२५ सक्रिय संक्रमित रहेका छन् भने संक्रमणमुक्त हुनेको दर ८३.२६ प्रतिशत रहेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्