site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इटहरी उपमहानगरले सुरु गर्‍याे ५० बेडको सुविधासम्पन आइसोलेसन
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको इटहरी उपमहानगरले अक्सिजनसहितको व्यवस्था भएको ५० शैयाको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि आइसोलेसन सञ्चालनमा ल्याएको बताए । महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक छुट्याइएको छ ।

बुधबार साँझदेखि कोरोना संक्रमितलाई राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । “अक्सिजनसहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्नेगरी व्यवस्था मिलाइएको छ,” उनले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार आइसोलनसन केन्द्रमा स्वाथ्य मन्त्रालयले तयार पारेको मापदण्डबमोजिम गुणस्तरीय खानाको व्यवस्था गरिएको छ ।

इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोडले पनि आइसोलेसन व्यवस्थित रहेको बताए । “माइल्ड कोभिडका बिरामीलाई राखेर अक्सिजन नेबुलाइजरको सेवासमेत प्राप्त हुने छ,” उनले भने ।

Global Ime bank

बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने र  एम्बुलेन्समार्फत अन्य अस्पताल लगिने उनले बताए । 

इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन सञ्चालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी र वाइफाईसमेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC