site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी हुन्, च्याम्पियन्स लिगमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनलमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी प्रवेश गरिसकेका छन् । च्याम्पियन्स लिग इतिहासमा प्रिमियर लिग क्लबहरुले दोस्रोपटक फाइनल खेल्दै छन् ।

यो सिजन सर्वाधिक गोलकर्ता खेलाडीका क्लबहरू भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । जर्मन क्लब बोरुसिया डर्टमन्डका खेलाडी इर्लिङ हालान्ड यो सिजन हालसम्म सर्वाधिक गोलकर्ता हुन् । उनले लिगमा १० गोल गरेका छन् । डर्टमन्ड प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

Agni Group

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एम्बाप्पे यो सिजन लिगका सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा छन् । उनले लिगमा ८ गोल गरे । तर, पीएसजी सेमिफाइनलबाटै आउट भयो । पीएसजी सेमिफाइनलमा सिटीसँग पराजित भएको थियो ।

इटालियन क्लब युभेन्ट्सका खेलाडी आल्भारो मोराटा, रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर युनाइटेडका खेलाडी मार्कुस रास्फोर्ड, लिभरपुलका मोहम्द सालहा, पीएसजीका नेयमार, चेल्सीका ओलिभर जिरुउड र सेभियाका युसुफ नासियार समान ६ गोल गर्दै तेस्रो स्थानमा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC