site stats
बाह्रखरी :: Baahrakhari
खेल
रियललाई हराउँदै चेल्सी फाइनलमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले हराउँदै समग्रमा ३–१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो । चेल्सीले रियलको मैदानमा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चेल्सीको घरेलु मैदानमा भएको खेलमा खेलकोे २८औँ मिनेटमा टिमो वार्नरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

जितसँगै चेल्सी च्याम्पियन्स लिग इतिहासमा तेस्रोपटक फाइनलमा पुगेको छ । चेल्सीले अब फाइनल खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ०९:१६
प्रतिक्रिया दिनुहोस्