site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा थप तीन संक्रमितको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । कोरोना संक्रमणका कारण चितवनमा थप तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एकजना छन् ।

भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मंगलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी, अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेसनल प्याथोल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्