site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इङ्ल्यान्ड र वेल्समा पहिलोपटक विवाह प्रमाणपत्रमा आमाको नाम समावेश गरिने

लन्डन । इङ्ल्यान्ड र वेल्समा अब पहिलोपटक विवाह दर्ताको प्रमाणपत्रमा बुवाको मात्र नभइ आमाको नाम पनि समावेश गरिने भएको छ । विवाह दर्ता गराइने कानुनी प्रक्रियामा परिवर्तन ल्याइएसँगै यो नयाँ कदम लागु हुने बताइएको छ । होम अफिसका अनुसार यो नयाँ सुधार १८३७ पछिकै सबैभन्दा ठूलो प्रणालीगत बदलाव हो ।
 
मंगलबारदेखि नै कार्यान्वयन हुने यो नयाँ डिजिटल प्रणालीले विवाह दर्तालाई आधुनिकीकरण र सहज गराउनुका साथै सबै प्रक्रियालाई छोटो बनाउनमा पनि मद्दत गर्ने अपेक्षा गरिएको छ । यसरी आमाको नाम पनि पहिलोपटक प्रमाण पत्रमा लेखिनु वास्तवमै ऐतिहासिक भएको बताइएको छ । 

विवाह सम्बन्धी कानुन अन्तरगत, प्रमाणपत्रमा यसअघि सौतेनी भए पनि केबल पिताको नाम मात्र राखिने गरिन्थ्यो तर अब पहिलोपटक विवाहित जोडीका दुवै अभिभावकको नाम समावेश गरिनेछ । यसअघिका वर्षमा पनि यो प्रणालीमा सुधार ल्याउने प्रयास गरिएको थियो तर विभिन्न अवरोधका कारण स्वीकृत हुन सकेको थिएन । अब भने विवाह प्रमाण पत्र हार्ड–कपीमा नभइ डिजिटल डाटामा आधारित रहनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो नयाँ परिवर्तनले दर्ता प्रक्रियालाई २१ औँ शताब्दीमा ल्याउनुका साथै अबदेखि आफ्ना छोराछोरीको विवाहबाट कुनै अभिभावक अनुपस्थित हुनु नपर्ने मन्त्री केभिन फोस्टरले बताए ।
 
हाल इङ्ल्यान्डमा १५ जनासम्म अतिथि बोलाइ विवाह समारोह गर्न अनुमति दिइएको छ, जसमा सरकारद्वारा निर्देशित सुरक्षाका उपाय भने अपनाउनुपर्ने हुन्छ । आगामी २१ जुन देखि समारोहमा सहभागी हुनेहरुको सङ्ख्या सीमित गर्नुपर्ने छैन ।

– द गार्जियन 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:५८
प्रतिक्रिया दिनुहोस्