site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा एकैदिन ३ लाख ५७ हजारमा कोरोना, संक्रमितको संख्या २ करोड नाघ्यो

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २२९ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका विश्व स्वास्थय संगठनको तथ्यांक छ ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतमा हालसम्म २ लाख २२ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

भारतमा हालसम्म २ करोड २ लाख ८२ हजार ८३३ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । 

संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ ।संक्रमितको उपचारका लागि भारतलाई अरुदेशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्