site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विरोधपछि थप शरणार्थीलाई प्रवेश दिँदै अमेरिका
Ghorahi CementGhorahi Cement

वासिङटन । अमेरिकाले शरणार्थीको सीमालाई १५ हजारबाट ६२ हजार ५०० पुर्‍याउने भएको छ । शरणार्थीसम्बन्धी निकाय तथा अधिकारकर्मीहरुको विरोधपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयबाट पछि हट्दै राष्ट्रपति जो बाइडेनले शरणार्थीको सीमा बढाउने बताएका हुन् ।

बाइडेनले बढाइएको शरणार्थी सीमाले पूर्वराष्ट्रपति ट्रम्पले तय गरेको ऐतिहासिक न्यून संख्यालाई मेटाउने बताएको बीबीसीले जनाएको छ । न्यून शरणार्थी संख्याले अमेरिकी मान्यताको प्रतिनिधित्व नगर्ने बताउँदै उनले आफ्नो प्रशासनले आगामी वर्ष यो संख्यालाई बढाएर एक लाख २५ हजार पुर्‍याउने उल्लेख गरेका छन् ।

Agni Group

अमेरिकी रिफ्युजी सेन्टरका अनुसार गत वर्षको अक्टोबरदेखि यो वर्षको मार्चसम्म करिब दुई हजार शरणार्थी मात्र अमेरिका प्रवेश गरेका छन् । एक लाख १० हजार शरणार्थीलाई अमेरिका प्रवेश अनुमति दिने पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनको निर्णय उल्ट्याएर ट्रम्पले सो सीमा १५ हजारमा घटाएका थिए । ट्रम्प प्रशासनमाथि अमेरिका–मेक्सिको सीमाको अध्यागमन प्रणाली बिगारेको दोषारोपण गरेर राष्ट्रपति बाइडेन पन्छिन खोजेको आरोप लाग्दै आएको छ ।

मानवीय सहायता संस्था वर्ल्ड रिलिफले ट्रम्पको शासनकालपछि अमेरिकी शरणार्थी पुनर्वास कार्यक्रममा पुनःसंरचनाको खाँचो रहेको भन्ने ह्वाइट हाउसको दाबी विशुद्ध राजनीतिक टिप्पणी भएको जनाएको छ ।

Global Ime bank

बाइडेनले आफ्नो चुनावी अभियानका क्रममा शरणार्थीको सीमालाई बढाउने प्रतिबद्धता जनाएका थिए । तर, गत अप्रिलमा उनले एक आपत्कालीन घोषणाका क्रममा १५ हजार शरणार्थीलाई प्रवेश दिने निर्णय मानवीय सरोकार र राष्ट्रिय हित दुवैले पुष्टि गरेको बताएका थिए । शरणार्थीसम्बन्धी संस्था र बाइडेनको आफ्नै पार्टी सदस्यहरुले विरोध गरेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले शरणार्थी संख्यामा पुनर्विचार गर्ने जनाएको थियो ।

बाइडेन प्रशासनको यो निर्णयको अन्तर्राष्ट्रिय उद्धार समितिसहितका शरणार्थी संस्थाहरुले स्वागत गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC