site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्लोरिडामा नेताहरुलाई प्रतिबन्धित गर्ने प्राविधिक कम्पनीमाथि कारबाहीको तयारी 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाको फ्लोरिडामा एउटा विवादास्पद कानुनी प्रस्ताव सांसदको दुवै सभामा स्वीकृत भएको छ । यसमा राजनीतिज्ञहरुलाई आफ्नो प्लेटफर्मबाट हटाउने या उनीहरुमाथि प्रतिबन्ध लगाउने प्राविधिक कम्पनीमाथि जरिवाना लगायत कारबाही गरिने भनिएको छ । यस्तोमा गत जनवरीमा भएको संसद हमला पश्चात् ट्वीटर, फेसबुक अनि युट्युबाट प्रतिबन्धित भएका ट्रम्पका लागि यो आशादायी खबर हुनेछ । 

हाल यो प्रस्ताव त्यहाँका गर्भनर रोन डेसेनटिसबाट स्वीकृत हुन बाँकी छ जो वास्तवमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै सहायक मानिन्छन् । यस नियम अन्र्तगत प्लेटफर्मले राजनेताहरुको अकाउन्टमाथि १४ दिन भन्दा बढी प्रतिबन्ध लगाउन पाउने छैनन् र यसको उल्लंघन गरेमा प्रति दिन २ लाख ५० हजार डलर सम्मको जरिवाना हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इन्टरनेटमा स्वतन्त्र बोलीको प्रचार गर्ने समुह, नेटचोइसले गत महिना यो नियमको विरुद्धमा वकालत गरेको थियो । नेटचोइसका अनुसार निजी कम्पनीहरुसँग नै प्रयोगकर्ताकालागि के सबैभन्दा उपयुक्त हो भन्ने निर्णय गर्ने अधिकार हुनुपर्छ र यसमा कसैको हस्तक्षेप हुनु नहुने यसले तर्क गरेको हो । साथै यो कानुनमा हानिकारक सामग्री हटाएकामा सामाजिक संजाललाई कारबाही गर्नु अन्यायपूर्ण र अनुचित भएको पनि नेटचोइसका प्रमुखले बताएका हुन् । 

ह्वाइटहाउसबाट बाहिरिएदेखि ट्रम्पले आफ्नो अधिकतम समय फ्लोरिडामै बिताइरहेका छन् र डेसेनटिस लगायत फ्लोरिडाका उच्च पदयुक्त रिपब्लिकनहरुसँग उनको एकदम नजिकी सम्बन्ध रहेको विस्वास गरिन्छ । 

Global Ime bank

तर बिहिबार स्टेट हाउस र सिनेटमा स्वीकृत भइसकेपनि प्राविधिक कम्पनीहरुले अदालतमा यसले ‘अमेरिकाकन फस्र्ट अमेन्डमेन्ट’ कानुनको उल्लंघन गर्ने मुद्दा उठाइ विरोध गर्ने अपेक्षा गरिएको छ ।  फस्र्ट अमेन्डमेन्ट कानुनमा व्यक्ति या व्यवसायको निजी बोलीमा सरकार तर्फबाट कुनै हस्तक्षेप हुन नहुने भनिएको छ । साथै यो नियममा के पनि उल्लेख छ भने, सरकारले कुनैपनि निजी सामाजिक संजाल प्लेटफर्मलाई जोड जबरजस्तीपूर्वक उनीहरुको नीति विपरित कार्य लगाउन नपाउने भनिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC