site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

निषेधाज्ञाको मार सबैभन्दा बढी दिनहुँ निबेक गरेर गुजारा चलाउने श्रमिकमाथि परेको छ । घरबाहिर ननिस्कन उर्दी गर्दा सरकारले मजदुरलाई छाक टार्न पर्ने अप्ठेरोका बारेमा भने केही बोलेको छैन । यसैले उनीहरूको अन्तर्राष्ट्रिय मजदुर दिवसले गिज्याएको छ भने नेताका भाषणमा पादण्डमात्र ध्वनित भएको छ । 

मजदुर घरभित्र थुनिदा निर्माण कार्य पनि ठप्प हुन्छ । फलस्वरूप श्रमिकको रोजगारी त गुम्छ नै निर्माण व्यवसायीको पनि नोक्सान हुन्छ । अर्थात्, मजदुर र निर्माण व्यवसायी दुवै एकअर्कामा निर्भर छन् । र, निषेधाज्ञाका कारण काम बन्द हुँदा दुवै वर्ग अप्ठेरामा परेका छन् । 

मजदुरहरूको बिलौना सञ्चार माध्यममा बिरलै आउँछन् । निर्माण व्यवसायीले भने निषेधाज्ञाका कारण परेको मर्काका सम्बन्धमा मुख खोल्न थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार पोहोरको बन्दाबन्दीका कारण अझै तङ्ग्रिन नसकेको निर्माण व्यवसाय अहिलेको निषेधाज्ञाबाट थप सङ्कटमा परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पोहोर एक साताका लागि भनेर गरिएको बन्दाबन्दी करिब चार महिना लम्मियो । मजदुरहरू काम छाडेर जान बाध्य भएका थिए । बल्लतल्ल लयमा फर्कन लागेका बेला फेरि काम बन्द भएपछि मजदुरहरू घर फर्कन थालेका छन् । अब उनीहरू कहिले आउलान्  भन्ने कुनै टुंगो छैन  ।

कोभिड-१९ को सङ्क्रमण रोक्न बन्दाबन्दीको अभ्यास संसारभर जस्तै गरिएको छ । राज्यको आदेशमा रोजगारी गुमाउनेहरूका लागि दुनियाँका धेरै सरकारले जीविकाका लागि जनतालाई सहायता पनि गरेका छन् । नेपालले पनि गत वर्ष बन्दाबन्दीको सुरुमा केही सहयोग उपलब्ध गराएको थियो । 

Global Ime bank

यस वर्ष भने सरकार वा उद्यमीहरू कसैले पनि गरिब मजदुरलाई पर्ने सङ्कटका सम्बन्धमा चिन्ता लिएको देखिएन । अहिलेसम्म कहीँ कतैबाट पनि उनीहरूलाई छाक टार्नका लागि सहयोगको घोषणा भएको छैन । यसैले पनि मूलतः निर्माण व्यवसायलगायत अनौपचारिक क्षेत्रमा दैनिक ज्यालामजुरी गर्नेहरूको रोजगारी बढी नै अनिश्चित हुनपुगेको देखिन्छ ।

निर्माण व्यवसायलाई जोगाउन नसके भौतिक संरचनाको निर्माण बन्द हुन्छ । त्यस अवस्थामा हजारौं रोजगारी समाप्त हुन्छ भने आंशिक बेरोजगारले समेत मौसमी रोजगारी गुमाउनु पर्नेछ । यसैले सरकारले मजदुर र निर्माण व्यवसायी दुवैको सङ्कट टार्ने उपाय खोज्नु आवश्यक र उचित देखिन्छ ।

कोभिड-१९ को सङ्क्रमण बढ्न नदिने उपाय अपनाएर निर्माण कार्य चालु राख्न सक्ने व्यवस्था मिलाउन सके मजदुरले रोजगारी पनि गुमाउने थिएनन् भने राष्ट्रिय अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्नबाट पनि केही हदसम्म जोगाउन सकिनेछ । राष्ट्रिय अर्थतन्त्रमा दैनिक लाखौं श्रम दिनको योगदान थपिनेछ । यसका लागि सरकार र निर्माण व्यवसायीले सहकार्य गरून् ।

रोजगारीको बन्दोबस्त नमिलेसम्मका लागि दैनिक ज्यालामजुरी गर्नेहरूका लागि जीविका चलाउन राज्यले तत्काल सहयोग गर्नुपर्छ । सङ्कटका बेला जनतालाई जीविका चलाउन सहयोग गर्ने मुलुकहरूको पुनरुत्थान पनि बढी छिटो र सजिलो भएको छ । यसैले शीतनिद्रा (हाइबरनेसन) बाट बिउँझिएर सरकारले धर्तीमा टेकोस् ।

निर्माण व्यवसायीले ठेक्काको म्याद थप गर्न पनि माग गरेका छन् । काम रोकिएपछि म्याद थप्ने माग गर्नु अन्यथा होइन । यसै पनि अब त यस्तै अवस्थामा बाँच्नु पर्ने भएको छ । यसैले कामदारहरूको आवागमन नियन्त्रण गरेर परीक्षण गर्ने र काम चालु पनि राख्ने कार्य अभ्यास अपनाउनुपर्छ । कार्यस्थलमै कोभिड-१९ को परीक्षणको व्यवस्था मिलाउने, सङ्क्रमण भेटिए अलग्ग राख्ने प्रबन्ध गर्नु बेस हुनेछ ।

सम्बन्धित व्यवसायीले नै त्यस्तो सुविधा निर्माण गर्ने तर काम नरोक्ने गरिएमा धेरै समस्या समाधान हुनेछ । स्थानीय तहहरूले यस्ता काममा अग्रसरता लिनसक्छन् । मजदुरलाई सजिलोसङ्ग काम गर्ने र काम गर्न नपाएका बेलाका लागि भोकै बस्न नपर्ने व्यवस्था मिलाउन राज्यका लागि असम्भव हुँदैन । । प्रश्न प्राथमिकताको हो । नत्र, मजदुर भोकै मर्नुपर्ने परिस्थिति बनाएर अधिकारको भाषण छाँट्नु पाखण्डमात्र ठहरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC