site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनका बेलामा प्रकृति र वातावरण झन् बढी महत्वपूर्ण 
Ghorahi CementGhorahi Cement

बीबीसी । लकडाउनका समयमा प्रकृति र हरियो वातावरणले नै मानिसहरुलाई सबैभन्दा बढी राहत दिलाएको डाटाले देखाएको छ । ४० प्रतिशत भन्दा धेरै मानिसहरुका लागि कोरोना भाइरस सम्बन्धी सुरक्षाका नियमहरु सुरु भएदेखि प्रकृति, वन्यजन्तु र स्थानीय हरिया वातावरणयुक्त क्षेत्र सुस्वास्थ्यका लागि पहिले भन्दा धेरै महत्वपूर्ण भएको पाइएको छ । 

सो तथ्याङ्क महामारी भर स्थिर रहेको नेचुरल इङ्ल्यान्डका सरकारी सल्लाहकारले बताए । महामारीको समयमा शारीरिक एवम् मानसिक सुस्वास्थ्यका लागि प्रकृतिमा बिताएको समय नै सबैभन्दा प्रभावकारी साबित भएको अनेकौँ सर्वेक्षणहरुले देखाएको छ । 

Agni Group

गत वर्ष हरियो वातावरण र प्रकृतिको भूभिकाबारे गरिएको अध्ययनका डाटा अनुसार यिनै विभिन्न कारणले लकडाउन पश्चात् मानिसहरुले पहिले भन्दा ठूलो स्तरमा प्रकृतिसँग अन्र्तक्रिया गर्ने, त्यसको मूल्य बुझ्ने र व्यक्तिगत व्यहारमा समेत परिवर्तन आउन सक्ने देखिएको छ । तर महामारीले ल्याएका यस्ता बदलावहरु अस्थाइ मात्र हुन् या आगामी जीवनको नयाँ ट्रेन्ड हुनेछ भन्ने चाहिँ अझै थाहा नभएको रिपोर्टमा उल्लेख छ । 

रिसर्चहरुमा अर्को के पनि पाइएको छ भने घरमा बगैँचा या नजिकै पार्क हुने मानिसहरुले त्यस्ता ठाउँको पहुँच नहुनेको तुलनामा बढी शान्त अनि धेरै ऊर्जा भएजस्तो महसुस गर्ने गर्दछन् । बगैँचामा काम गर्नुलगायत गर्नुले पनि मानिसहरुमा स्ट्रेस कम गराउने यसअघि पनि प्रमाणित भइसकेको छ । बोटबिरुवा सँग अन्तरक्रिया गर्नुले हाम्रो ध्यान आफू र स्ट्रेसबाट हटाउने हुनाले नै दिमागबाट नकारात्मक भाव हट्ने अनुसन्धानकर्ता, डाक्टर लोरिन बताउँछिन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC