site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अष्ट्रेलियाका छमध्ये एक सरकारी कर्मचारी यौन उत्पिडनमा : अध्ययन
Sarbottam CementSarbottam Cement

क्यानबेरा । एक नयाँ अध्ययनअनुसार अष्ट्रेलियाका छ मध्ये एक सरकारी कर्मचारी कार्यस्थलमै यौन उत्पिडनमा पर्ने गरेको पाइएको छ । यहाँको सार्वजनिक र सामुदायिक क्षेत्रका कर्मचारी युनियनले शुक्रबार जारी गरेको प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो ।

मार्च १५ देखि अप्रिल १५ सम्म गरिएको सर्वेक्षणमा ३ हजार २८० कर्मचारीको सहभागिता रहेको द गार्जियनले जनाएको छ । सहभागी मध्ये १६ प्रतिशतले कार्यस्थलमा यौन दूर्व्यवहार भोगेको र १९ प्रतिशतले प्रत्यक्ष देखेको प्रतिक्रिया दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यस्थलमा दूर्व्यवहार भोग्ने मध्ये १८ प्रतिशत महिला, ११ प्रतिशत पुरुष, ३५ प्रतिशत समलिंगी, २५ प्रतिशत फरक क्षमता भएका र २५ प्रतिशत एलजीबीटीआई रहेका प्रतिवेदनमा उल्लेख छ ।

सहभागी अधिकांश अष्ट्रेलियाको राजधानी र उत्तरी क्षेत्रका तथा सीएसआईआरओ, एबीसी, अष्ट्रेलिया पोष्ट, टेल्सट्रा लगायत ख्याती प्राप्त कम्पनीमा आबद्ध रहेका जनाइएको छ । सबैभन्दा अचम्मको कुरा यो पाइएको छ कि दूब्र्यबहार भोग्नेमध्ये एक तिहाई (३१ प्रतिशत)ले मात्र त्यसविरुद्ध रिपोर्ट गर्ने गरेका छन् । बाँकी ३२ प्रतिशतलाई छानबिनको निश्पक्षतामाथि विश्वास नभएर उजुरी नदिएको बताएका छन् भने १६ प्रतिशतलाई उजुरी गरेर अवस्था परिवर्तन हुनेमा विश्वास छैन । यस्तै अन्य १५ प्रतिशतले करियर बिग्रने डरले उजुरी नगरेको र ७ प्रतिशतले नितान्त गोप्य भन्दै कुनै कारण खुलाउन चाहेनन् ।

Global Ime bank

सहभागी ७० प्रतिशतलाई दूव्र्यबहार भए कोसँग परामर्श गर्ने ज्ञान भएको र ५२ प्रतिशतलाई रोजगारदाताले कस्ता व्यबहारलाई यौन दूव्र्यबहार मानिने जानकारी गराएको पाइएको छ ।

रक्षामन्त्रीको कार्यालयमा बलात्कृत भएको एक कर्मचारीको बयानपछि दबाबमा परेको प्रधानमन्त्री स्कट मोरिसनको सरकारमाथि यो प्रतिवेदनले थप दबाब दिने देखिएको छ । 
संसदकी पूर्वकर्मचारी ब्रिटानी हिगिङ्सले सहकर्मी क्रिष्टियन पोर्टरमाथि बलात्कारको आरोप लगाएकी थिइन् भने प्रधानमन्त्री मोरिसनले यसको छानबिनका लागि एक स्वतन्त्र टोली बनाउन असहमति जनाएका थिए । पोर्टर हाल उद्योग अन्वेषण तथा विज्ञानमन्त्री रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC